arrow

तराईको विपद् व्यवस्थापनमा काठमाडौं महानगरको ३९ लाख सहयोग

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
kathmandu_mahanagar.jpg

काठमाडौं । तराई भेगमा अविरल वर्षाकाकारण परेको विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३९ लाख रुपैयाँ प्रदान गरेको छ । 

शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, कार्यकारी अधिकृत धनीराम शर्मा, वडाध्यक्षसँगै महानगरका अधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई, निवासमा भेटेर उक्त सहयोग रकम उपलब्ध गराएका थिए ।

काठमाडौं महानगरपालिका मेयर, उपमेयर, कार्यपालिका सदस्य र कर्मचारीकोतर्फबाट १४ लाख रुपैयाँ र महानगरकोतर्फबाट २५ लाख रुपैयाँ गरी ३९ लाख रुपैयाँ उपव्ध गराइएको हो ।

देशको आन्तरिक विपद् व्यवस्थापनमा सहयोग पु¥याएर सामाजिक सद्भाव कायम गराउन महानगरले समय समयमा यस प्रकारको सहयोग रकम उपलब्ध गराउने गरेको छ । २०७२ सालको भूकम्पका समयमा महानगरले उद्धार कोषमा ३५ लाख रुपैयाँ प्रदान गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ