arrow

जिसस सुनसरीको संयोजकमा काँग्रेस विजयी

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
sunsari.png

इनरुवा । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गोपालराज भण्डारी विजयी भएका छन् ।  

काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहेका भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।  

त्यसैगरी उपसंयोजकमा लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएकी कृष्णकुमारी विक विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । 

यस्तै सदस्यमा सीतादेवी पौडेल, नुनु अन्सारी, चिरञ्जीवी बस्नेत, अहिलिया देवी मेहता, नौशाद मियाँ, ललितादेवी सदा र शम्भु विश्वास निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस सुनसरीका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमले गठबन्धन गरेका थिए । 

गठबन्धनका तर्फबाट उम्मेदवारी परेपछि विपक्षी दलका तर्फबाट कुनै उम्मेदवारले उम्मेदवारी नदिएपछि भण्डारीको प्यानल र्निविरोध विजयी भएको हो ।

जिसस सुनसरीका लागि आइतबार मनोनयन दर्ता भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ