arrow

नगरको विकासमा फोहरको राजनीति नगर्न आग्रह

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
Urlabari_nagarpalika_map.png

उर्लाबारी (मोरङ) । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरको विकासमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् ।  

उर्लाबारी–५ स्थित प्राइम एफएम प्रालिले मंगलबार आयोजना गरेको नगर प्रमुख एवं उपप्रमुख सम्मान कार्यक्रममा हरेक क्षेत्रमा राजनीति गर्ने संस्कारले नगरको विकासमा बाधा पुगेको छ भन्दै उनले फोहर उठाउन नपाउँदा नगर दुर्गन्धित हुँदै गएकामा सरोकारवालाले दायित्व निर्वाह गर्न र व्यवस्थित डम्पिङ साइड निर्माण नहुँदासम्म फोहर व्यवस्थापनका लागि सहयोग गर्न आग्रहसमेत गरे।

डम्पिङ साइट नहुँदा उर्लाबारी नगरमा एक सातादेखि फोहर उठउन नसकेकामा चिन्ता व्यक्त गर्दै नगर प्रमुख फागोले फोहर व्यवस्थापनका लागि जग्गाको व्यवस्थापन गर्न खोज्दा केही व्यक्तिको राजनीतिक स्वार्थका कारण सफल हुन नदिएको आरोप लगाए । उनले फोहर, विद्यालय एवं विकास निर्माणमाका क्षेत्रमा गरिने राजनीतिले नगरको विकास नहुने सुझाव पनि दिए ।


उपप्रमुख लक्ष्मीदेवी भण्डारीले नगरको विकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले नगरको विकास लागि राज्यको चौथो अंग भनिएको सञ्चार माध्यमले खबरदारी गर्न आवश्यक रहेको जनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ