arrow

'सुबिसु क्यान कमटेक २०१७' भाद्र २९ गते देखि भृकुटीमण्डपमा

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
can_comtech.jpg

काठमाडौं ।   सूचना तथा संचार प्रविधिको क्षेत्रको प्रर्वधन र बिकास गर्ने उदेश्यले भाद्र  २९ गते देखि असोज १ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१७ आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ  । आयोजक क्यान महासंघले मंगलबार  पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

क्यानले विगत २४ वर्ष देखि नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धनका लागि सुचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रदर्शनीहरु गर्दै आएको बताएको छ । यस पटकको “सुबिसु क्यान कमटेक २०१७ ” मा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक्स सेक्युरिटि तथा सेफ्टि एण्ड सलुशन , हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने क्यानले जनाएको छन् ।


 प्रदर्शनीको टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रा.लि. रहेको छ । त्यस्तै  डायमण्ड स्पोन्सर नेपाल टेलिकम, सिल्भर स्पोन्सरमा एस.पावर छ भने प्रिन्ट स्पोन्सरमा नभिन डिस्ट्रीव्युटर्स रहेको छ ।

 “सुबिसु क्यान कमटेक २०१७ ” को अफिसियल पार्टनरमा हाम्राकुरा डटकम,  माउन्टेन टेलिभिजन, नेपाल एफ. एम, लिभिङ्ग वीथ आई.सी.टी लगायत रहेका छन् । सुबिसु क्यान कमटेक २०१७ मा जम्मा ८७ (सानो र ठूलो गरि) वटा स्टलहरु रहनेछन् । हाल सम्म ८० प्रतिशत स्टल बुकिङ्ग भइसकेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । ब्रोडब्याण्ड ईन्टरनेट सेवामा अन्तर्गत विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण बन्ने छन् । साथै क्यानले  २१ औ सताव्दीमा इलेक्ट्रोनिक्स सेक्युरिटि तथा सेफ्टि सोलुसनको महत्वलाई ध्यानमा राखेर यस  पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै प्याभिलियनको व्यवस्था गरिएको छ ।   सो प्यभिलिययनमा अबलोकनकर्ताहरुले सिसिटिभि, आक्सेस कन्ट्रोल सिस्टम, सेन्सर एण्ड आलाराम, स्टाफ एटेन्डेन्स, फायर स्मोक डिटेक्टर, फायर फाइटर आदि बारे जानकारि पाउनेछन् ।


नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान कमटेक २०१७ को आकर्षणका रुपमा रहने आयोजनकले बताएका छन । सुविसु क्यान कमटेक २०१७  अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०। र विद्यार्थीका लागि रु २५ । तोकिएको साथै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने क्यानले जनाएको छ ।

क्यानले यस पटकको प्रदशनीमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरेको छ । साथै क्यान महासंघको सबै जिल्ला शाखाहरुको प्रतिनिधिहरु समेत सहभागी हुनेछन् । नयाँ नेपाल अर्थात ई–नेपाल निर्माणका लागि सूचना तथा सञ्चार प्रविधिमा आमजनताको पहुँच पुग्न जरुरी रहेको तथा यस क्यान कमटेकले त्यसतर्फ सहयोगी बन्न सक्ने क्यान महासंघकी सचिव सुनैना घिमिरे पाण्डेले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ