- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचित नेपाल क्रिकेट संघ क्यानले विधान संशोधनको छलफल टुंग्याएको छ । मंगलबार राजधानीमा भएको साधारण सभाले विधान संशोधनबारे छलफल गरेको हो । दुई दिन भनिएको साधारणसभा एकै दिनम सकिएको छ ।
साधारणसभाले नेपाल क्रिकेट संघ क्यानको विधान २०५५ को दोस्रो संशोधन २०७४ मा फेरि पनि क्रिकेट संघकै परिकल्पना गरेको निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले विधान पारित गर्न भन्दै भदौ १० गतेसम्मको समय दिएको थियो । यो साधारण सभाले पास गरेको विधान राष्ट्रिय खेलकूद परिषद्ले अनुमोदन गर्ने छ ।
चन्दले भने, ‘आइसीसीले बनाइदिएको सल्लाहकार परिषद्ले हामीलाई दियो । हामी राखेपलाई दिन्छौँ ।’ नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसक्दै आईसीसीले गएको वर्ष वैशाखमा नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो । क्यान निलम्बनपछि विनयराज पाण्डे, बसन्त चौधरी, चुडामणि पौडेल, चतुरबहादुर चन्द, अशोकनाथ प्याकुर्याल, पवन अग्रवाल, रोहित दाहाललाई समेट्दै क्यानको विधान बनाउन सल्लाहकार समूह बनाएको थियो ।
तीन महिना अघि सल्लाहकार समितिले प्रस्तावित विधान आईसीसीलाई दिएको थियो । गएको महिना मात्रै आईसीसीका उपाध्यक्ष इमरान ख्वजासम्मिलित सल्लाहकार समितिको बैठकले प्रस्तावित विधानलाई बोर्डबाट स्वीकृत गराउन १ महिनाको समयसीमा तोकेको थियो । आइसीसीले दिएको समय १० भदौमा सकिँदै छ । क्यानको प्रस्तावित विधान २०७४ को केही बुँदामा समझदारी जुट्न सकेको थिएन ।
वर्तमान कार्यसमितिले निर्वाचनमा भाग लिने गरी सहभागी हुन पाउनु पर्छ भन्नेमा क्यान अडिग छ । केही बुँदामा जिल्लाका प्रतिनिधिकहरुले असहमति जनाएका थिए । त्यो सबै मिलेको चन्दले बताएका छन् । साधारण सभामा ३८ जिल्ला र ९ क्षेत्रले भाग लिएका छन् । प्रस्तावित विधान अनुसार क्यानले प्रदेशिक हिसाबमा चुनाव गराउन पाउने छ ।