- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इस्लामाबाद । पाकिस्तानको केन्द्रीय जिल्ला डेराघाजीमा रहेको निर्वाचन कार्यालयमा विस्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी एक दर्जन बढी घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । जिल्ला प्रहरी अधिकारी मुबासिर मैकानकाअनुसार सो आक्रमण राष्ट्रिय सभाका सांसद तथा पाकिस्तान मुस्लिम लिग नवाजका सदस्य अमजाद फारोक खोसालाई लक्षित गरेर गराइएको बताइएको छ । तर, खोसाका अङ्गरक्षकले आक्रमणको समयमा फोराक त्यहाँ नरहेकोले उनी बचेको जनाएका छन् ।
घाइते मध्ये तीन व्यक्तिको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । सो घटनको अनुसन्धान सुरु भएको प्रहरी अधिकारीले बताएका छन् ।
आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन ।