- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोनाको । च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक भएको छ । १० वर्षको अवधिमा पहिलो पटक ६ ब्रिटिश टिम समुह चरणमा पुगेका छन् भने त्यसमा ५ टिम इंगलिश प्रिमियर क्लवका छन् ।
३२ क्लवलाई ८ समुहमा विभाजन गरिएको छ । समुह ए मा पोर्चुगलको बेनेफिका, इंगल्याण्डको म्यानचेस्टर युनाइटेड, स्वीजरल्याण्डको बासल र रुसको सीएसकेए मस्को रहेका छन् ।
समुह बी मा जर्मनकी बायर्न म्युनिख, फ्रान्सको पीएसजी, बेल्जियमको एन्डरलेच र स्कटल्याण्डको सेल्टिक रहेका छन् ।
समुह सी मा इंगल्याण्डको चेल्सी, स्पेनको एथलेटिको मड्रिड, इटालीको एएस रोमा र अजरबैजानको क्वाराबाग रहेका छन् ।
समुह डी मा इटालीको युभेन्टस, स्पेनको बार्सिलोना, ग्रीसको ओलम्पियाकोस र पोर्चुगलको स्पोर्टिङ लिस्बन रहेका छन् ।
समुह ईमा रुसको स्पार्ताक मस्को, स्पेनको सेभिल्ला, इंगल्याण्डको लिभरपुल र स्लोभेनियाको मारिबोर रहेका छन् ।
समुह एफमा युक्रेनको शक्तार दोनेस्क, इंगल्याण्डको म्यानचेस्टर सिटी, इटालीको नापोइल र हल्याण्डको फेयेनोर्ड रहेका छन् ।
समुह जीमा फ्रान्सको मोनाको, पोर्चुगलको पोर्टो, टर्कीका बेसिक्तास र जर्मनीको आरबी लेप्जिग रहेका छन् ।
समुह एचमा स्पेनको रियाल मड्रिड, जर्मनीको बोरुसिया डर्टमन्ड, इंगल्याण्डको टोटनह्याम र साइप्रसको एपोइल रहेका छन् । योे समुहलाई गु्रप अफ डेथ पनि मानिएको छ ।
च्याम्पियन्स लिगको समुह चरण सेप्टेम्बर १२ तारिखबाट सुरु हुनेछ । फाइनल भने अर्को वर्षको मे २६ तारिखमा केभको ओलम्पिक स्टेडियममा हुनेछ ।
रियाल मड्रिडले लगातार दोस्रो पटक च्याम्पियन्स लिग जितेको छ ।