- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सोलुखुम्बु । सोलुखुम्बु–काठमाडौँ जिप सेवा सञ्चालन गरिरहेको दूधकोशी यातायात प्रालिले हरेक यात्रुबाट लिने भाडाको १० प्रतिशत रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएको छ ।
दूधकोशी यातायात प्रालिका सदस्य एवं सोलुुखुम्बु काउण्टर इञ्चार्ज दोर्जी शेर्पाका अनुसार कम्पनीले भदौ र असोज महिनामा सल्लेरी–काठमाडौँ तथा काठमाडौँ–सल्लेरी यात्रा गर्ने हरेक यात्रुबाट लिइएको भाडाको १० प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
सेवासँगै सामाजिक सेवा पनि आफूहरुको उद्देश्य भएकाले यस्तो गर्न लागिएको उनले बताए ।
एक वर्षअघि दर्ता भई सञ्चालन भइरहेको दूधकोशी यातायात प्रालिले अहिले २३ वटा सुमो जिपबाट सल्लेरी–काठमाडौँ–सल्लेरी जिप सेवा सञ्चालन गरिरहेको छ ।
हाल सल्लेरी–काठमाडौँ जिप भाडा एकतर्फी रु एकहजार ३०० रहेकाले प्रत्येक यात्रुले तिरेको रकमबाट १३० रुपैयाँ विपत्तिमा परेकाका लागि सहयोग हुनेछ । रासस