arrow

अर्नाकोट क्षेत्रलाई पर्यटनसँग जोडेर बिकास गरौं : युवा नेता कुवँर

logo
कौरब खत्री,
प्रकाशित २०७४ भदौ १० शनिबार
arnakot.jpg

गुल्मी । धार्मिक एवम पर्यटकीय प्रचुर सम्भाबना बोकेको निसिखोला गाँउपालीका र ढोरपाटन नगरपालीकाको सिमानामा रहेको अर्नाकोटलाई धार्मिक, साँस्कृर्तिक एवम पर्यटनसँगै बिकास गर्ने युवा नेता तथा नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नं ३ का सभापति दोर्ण कुमार कुवँरले बताएका छन् ।  शुक्रबार अर्नाकोट बराह युवा क्लबको चौथो बार्षिक उत्सब समारोहलाई उद्घाटन गर्दे नेता कुवँरले यस्तो बताएका हुन् ।

प्रमुख अतिथीको रुपमा रहेका कुवँरले प्रचुर सम्भावना बोकेको अर्नाकोटलाई आफुले बढि चासोका साथ हेरीरहेको र यसै आर्थिक बर्षको मंसिरभित्रै अर्नाकोट  एयरपोर्ट सर्भेका लागि आवश्यक  पहल भईसकेको बताउँदै अर्नाकोटलाई रिङ रोड सहितको क्षेत्र बनाउनका निम्ती आफु लागिपरेको समेत बताए ।

अर्नाकोट यस क्षेत्रकै महत्वपुर्ण स्थल बाईसे चौबिसे राज्यको पाला देखिनै चर्चित स्थल हो ।  भने धौलागिरी सहित आधादर्जन मनोरम हिम सृङखला र ढोरपाटनको सिर देखि बिभिन्न जिल्लाको मनोरम दृश्य हेर्न सकिन्छ । धार्मिक महत्वका हिसावले अर्नाकोटको  बराह मन्दिर समेत महत्वपुर्ण रहेको पाईन्छ ।

यस क्षेत्रको पर्यटकीय बृद्धि र विकासका लागि बिभिन्न क्लब संघ संस्थाले तिजपर्वका अबसरमा बिशेष कार्यक्रम गर्दे आईरहेका छन् । बिगत ४ बर्षदेखि अर्नाकोट बराह युवा क्लबले यस क्षेत्रको बिकासका लागि  प्रचार प्रसार गर्दै आएको र सो अभियानमा  सबैले सहयात्रा गर्दे अगाडि बढ्नु पर्ने स्थानीय क्लबका सक्रिय सल्लाहकार लाल बहादुर कुवँरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ