arrow

धेरै बेर टिकेन नेपालको अग्रता, १–१ को बराबरी

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
nepal_fc.JPG

काठमाडौं । नेपाल र भारतबीच १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । सातदोबाटोको एन्फा मैदानमा भइरहेको खेलमा पहिलो हाफ अघि नेपालले अग्रता लिएपनि दोस्रो हाफ सुरु भएको १४ मिनेटमै भारतले बराबरी गरेको छ ।

नेपालका लागि पहिलो हाफ अघि ४१औँ मिनेटमा व्रिजेश चौधरीले गोल गरे । चौधरीले नेपाललाई अग्रता दिलाए । भारतका लागि ५९औ मिनेटमा लालरोकिमाले गोल गरे । नेपालको अग्रता धेरै बेल टिकेन ।  

प्रि–म्याच कन्फ्रेन्समा भारतीय टोलीका प्रशिक्षक बिलियानो फर्नान्डेजले घरेलु टोली नेपाल लाई सबै भन्दा बलियो टोली भनेका थिए ।

समूह चरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा बंगलादेशलाई ४–२ ले हराउँदा भारतले भुटानलाई ३–० ले हरायो ।

दुई वर्षअघि बंगलादेशमा भएको तेस्रो साफ यु–१५ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघि काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो र दोस्रो दुवै संस्करणमा नेपाल भारतसँगै पराजित भएको थियो ।



नयाँ