arrow

स्थानीय तहमा कर्मचारीको मनपरी बढ्यो : जनप्रतिनिधिलाई नै टेर्न छाडे 

logo
टेकराज अवस्थी, 
प्रकाशित २०७४ भदौ ११ आइतबार
local_body.jpg

डडेल्धुरा । जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिकाका अधिकांश कार्य कक्षहरु रित्तै देखिन थालेका छन् । नगर सभाबाट पारित भएका विषयबस्तुलाई कार्यपालिका बैठकमा छलफल रहेकै अबधिमा नगर प्रमुखबाट बिदा स्वीकृत गराई नफर्किन्जेलसम्मका लागि बिदामा गएका कार्यकारी अधिकृत मंगल बहादुर सिंह गत साउन २७ देखि कार्यालयमा नभएपछि स्थायी अन्य कर्मचारी पनि आईतवार नगरपालिका कार्यालयका आफ्नो कार्यकक्षमा नभए पछि सेवाग्राही मर्कामा परेका छन । 

जिल्लाको सदरमुकाम भएकोले जिल्ला भरिका सम्बन्धित र सरोकारवाला सेवाग्राही नगरपालिकाको कार्यालयमा पुग्दा सम्बन्धित फाँटवाला कर्मचारी नै नभए पछि सेवाग्राहीहरु फोन गरेर बोलाई काम गराउन बाध्य छन भने कतिपय कर्मचारी बजार जाने निहुँमा दिनभर कार्यालयमा अनुपस्थित रहने गरेको जनप्रतिनिधिहरु बताउँछन । 

अमरगढी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिशेष व्यक्तिगत कामले बाहिर जानु , नगर उपप्रमुख पनि दुई हप्तादेखि बाहिर रहनु र कार्यालय प्रमुख पनि कार्यालयमा नहुनुले केही जिम्मेवार कर्मचारीको मनोमानी भएको अमरगढी नगरपालिकाका वडा नंं.३का वडाध्यक्ष गोबिन्द बोहराले जानकारी दिएका छन । 

उनले भने कार्यालयको प्रमुख तिन मा नभएको त छदैथ्यो तर सामाजिक तथा सूचना शाखा , घरनक्सा पास ईकाई , बाताबरण ईकाई , योजन तथा प्राबिधिक ईकाई लगायत कार्यकक्षहरु तालाबन्द छ भने प्रशासन शाखामा समेत कर्मचारी नहुँदा सबै काम वडा सचिवले गर्नु परेको देख्दा हामी जनप्रतिनिधिका लागि लज्जास्पद विषय बनेको छ । 

आईतवार २ वजे पश्चात ३ नं. ५ नं. वडाध्यक्ष र कार्यपालिका सदश्य सरस्वती ओझालाई बुझदा केही कर्मचारीले हामी जनप्रतिनिधिलाई नटेरेको आभाष भईरहेको छ । 

सेवाग्राहीले हामीलाई गुनासाहरु गर्छन, बाहिर जाँदा पनि कसैलाई जानकारी नै हुदैन भने जनतालाई के जवाफ दिनु ? बानी बिग्रेका कर्मचारीलाई सेवामैत्री बनाउन चुनौती रहेको छ, हामीलाई पनि निरास लागिसक्यो ।

अमरगढी नगरपालिकामा कार्यरत अस्थायी कर्मचारी बरु कार्यालय समय भित्र ईमान्दारीतापूर्वक काम गरिरहेका छन तर जिम्मेवार र स्थायी कर्मचारीले अस्थायीलाई कामको बोझ मात्र दिएका छैनन दैनिक कार्यसम्पादन समेत प्रभाबित बनाई राख्दा पनि नेतृत्वको ध्यान नजानु नगरबासीको लागि यो भन्दा बिडम्बनाको विषय के हुन सक्छ । 

प्राय सबै वडाको वडा कार्यालय रहेको अमरगढी नगरपालिकाको कार्यालयमा नगर क्षेत्र भित्रका सबै सेवाग्राहीको साझा समस्या बनेको कर्मचारी नहुँदा आज हुने काम भोलि र कतिपय कामहरु लम्बीदै जाने अवस्था सिर्जना भईसक्दा पनि सम्बधित पक्षको ध्यान गएको छैन । 

यस विषयमा वडा नं. ५ का वडाध्यक्षलाई बुझदा कर्मचारीहरु को कर्मचारी कहाँ जान्छन किन जान्छन कति बेला आउँछन जान्छन हामीलाई थाहा हुँदैन सेवाग्राहीलाई जवाह दिंदा निरिह बन्नु पर्ने अवस्था छ , एकातिर स्थानीय तहको संचालन कार्यबिधि नै आएका छैन भने अर्को तिर जनताले स्थानीय तहको निर्वाचन पश्चात जनताका आकांक्षाहरु बृद्धि पनि भईरहेको सन्दर्भमा जनताका नाममा हामीले सपथ ग्रहण गरिसके पछि हामी त दैनिक कार्यालयमा उपस्थित छौं । 

तर प्रशासनिक काम गर्ने अधिकार हामीललाई जुन कर्मचारीको जिम्मेवारी हो उनीँहरु मनोमानी ढंगले काम गरिरहने प्रबृति हाबी हुदै गएकोमा जनताबाट अनुमोदित जवाफदेही निकायका हैसियतले दुःख प्रकट पनि गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ