arrow

अवरुद्ध दरमखोला लघु जलविद्युत् परियोजना सञ्चालनमा

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
Nepal-Electricity-Authority.jpeg

गुल्मी । गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको अस्थायीरुपमा विद्युत् सेवा सोमबारदेखि सञ्चालन भएको छ । 

पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । 

पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजना सञ्चालन भएसँगै नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको बडिगाड गाँउपालिकाको वडा नं २ गरी चार वटा वडाका झण्डै ९०० घरधुरीका उपभोक्ताले बिजुली बाल्न पाएका छन् । 

विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यमलगायत विद्युुतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् । 

जलविद्युत् परियोजना गत तीन हप्ताअघिदेखि सोही वडाकै बसेरीका विभिन्न ठाउँमा माथिबाट खसेकोे पहिरोले विद्युत् नहरको बाँधलाई पहिरोले बगाएपछि जलविद्युत् परियोजना अवरुद्ध भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ