arrow

ललितपुर महानगरले भन्यो ‘केही समयकालागि फोहोर उठाउन सक्दैनौं, व्यवस्था आफैं गर्नू’ 

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
lalitpur_mahanagarpalika_hamrakura1.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले केही समयको लागि आफूहरुले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै आफ्नो फोहोर आफैं व्यवस्थापन गर्न आग्रह गरेको छ । सोमबार महानगरपालिकाका प्रवक्ता राजु महर्जनले विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएका हुन् । 

उनले फोहोर व्यवस्थापन केन्द्रको रुपमा रहेको सिस्डोलमा अहिले केही प्राविधिक समस्या रहेकोले त्यहाँ फोहोर लैजान नसकेकोकारण केही समयको लागि फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसकिएको बताएका छन् । महानगरपालिकाले दीर्घकालीन रुपमा फोहोर मैला व्यवस्थापनको लागि समेत विकल्प खोजिरहेको भन्दै महानगरपालिकाले केही समयको लागि महानगरपालिकाले आफ्नो घरबाट निस्किएको फोहोर आफैं व्यवस्थापन गर्न समेत आग्रह गरेको छ । 

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ