arrow

नेतै-नेता भएको नगरपालिककै नगरकार्यविधी पास भएन

logo
दयाराम पण्डित,
प्रकाशित २०७४ भदौ १२ सोमबार
bajura-congress.jpg.jpeg

बाजुरा । सबै भन्दा बढी नेता भएको नगरपालिका  बुढीगंगाको कार्यविधि अझै पास हुन सकेको छैन । दोस्रो चरणको निर्वाचन अन्र्तगत गएको असार १४ गतेको निर्वाचनबाट निवाचित भएका जनप्रतिनिधिले चार महिना वित्न लाग्दा समेत पनि बुढीगंगा नगरपालिकाको नगर  सञ्चालन कार्यविधि अझै बनाउन नसकेका हुन् ।  

स्थानीय तह सञ्चालन कार्यविधी  पास नहुँदा  नगरपालिकाको काम काज ठप्प भएको छ ।“ स्थानीय तह सञ्चालका लागि आवश्यक पर्ने विनियोजन ऐन, आर्थिक ऐन, नगर बैठक सम्बन्धी कार्यविधि  कार्यसम्पादन नियमावली, कार्यविभाजन नियमावली, नगरसभा सञ्चालन कार्यविधि लगायतका सबै कार्यविधि हामीले बनाएका छौं,  बुढीगंगा नगरपालिकाका प्रमुख दिपकविक्रम शाहले भने, ‘नगर कार्यसमितिले स्थानीय ऐन कानुन पास गरेको छैन ।”

नेपालको संविधान २०७२ र संसदीय प्रणालीमा आधारित रहेर कार्यविधि  बनाइएएको छ । अल्पमत  र बहुमतका कारण कार्यविधि पास भएको छैन ।  मेयर उपमेयरदेखि वडा अध्यक्ष कस्ले के काम गर्ने ? भन्ने कुरा कार्यविधिले निर्धारण गर्ने छ । त्यसकैलागि कार्यविधि चाहिन्छ । तर,  नीति नियम पारित गर्न नदिने अनि बाहिर सामाजिक सञ्जालमा अफवाह मात्र फैलाउनुले

यसले स्वयं व्यक्ति र दललाई के फईदा गर्छ ? मेयर शाहले प्रश्न गरेका छन् । स्थानीय तह कार्यसञ्चालन कार्यविधि पास नहुँदासम्म कुनै काम अगाडी बढाउन नमिल्ने स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताएका छन् । बाजुराका ९ स्थानीय तह मध्ये ८ तहको सञ्चालन कार्यविधि पास भईसकेको छ भने बुढीगंगा नगरपालिकाको नगरसञ्चालन कार्यविधि मात्र आल्पमत बहुमतका कारण  पास हुन बांकी रहेको बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ