arrow

कपिलवस्तु नगरपालिकाको बजेट ६१ करोड २४ लाख

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ भदौ १३ मंगलबार
kapilbastu-budget.jpg

कपिलवस्तु ।   यस क्षेत्रकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक बर्ष २०७४/०७५ को कुल अनुमानित बजेट ६१ करोड २४ लाख ५९ हजार प्रस्तुत गरिएको छ । कपिलवस्तुको तौलिहवामा नगरपालिको प्रथम नगर सभामा नगर प्रमुख किरण सिंहले बजेट नीति तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रममा सो प्रस्तुत गरेका हुन  ।

कुल बजेट मध्ये चालु २८ करोड ३० लाख ४० हजार तथा पुजिगत बजेट ३२ करोड ९४ लाख १८ हजार रहेको छ । पुर्वाधार विकासमा २२ करोड ७२ लाख, सामाजिक विकासमा २ करोड ९८ लाख, आर्थिक विकासमा ३ करोड ६५ लाख, वातावरण, खानेपानी सरसफाई तथा प्रकोप ब्यवस्थापनमा ९० लाख, संस्थागत विकास तथा सेवा प्रभाहमा २ करोड १० लाख प्रबद्र्धनात्मक कार्यक्रममा ५७ लाख बजेट बिनियोजन गरिएको छ ।

ऐतिहासिक र पर्यटकीय क्षेत्रले भरिभराउ रहेको कपिलवस्तु नगरपालिकामा पुर्वाधर तथा पर्यटकीय विकासका लागि ठोस कार्यक्रमहरु संचालन गरिने प्रमुख सिंहले बताए  । नगर क्षेत्र भित्र रहेका सडकहरुको ब्यवस्थित निर्माण र संचालनका लागि सडक यातायात गुरुयोजना संजालको बिस्तागरिने जनाइएको छ ।

सभाको उद्घाटन गर्दे  खानेपानी तथा सरसफाई राज्य मन्त्री अब्दुल रज्जाकले कपिलवस्तु नगरपालिकाको विकासमा पर्यटनलाई मुख्य रुपमा लैजानु पर्ने बताए । बुद्ध संग जोडिएका स्थानहरुको प्रचार प्रसार तथा अन्य विकासात्माक काम गर्नुपर्ने बताए । कार्यक्रममा पुर्व राज्य मन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको कपिलवस्तुमा लामो समय पछि परिवर्तन आएकाले विकासले गति लिने बिश्वास ब्यक्त गरे । यस्तै सांसद अतहर कमालले नगरपालिकाले पुर्वाधार र पर्यटकीय स्थलको विकासलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जोड दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ