arrow

फिदिम नगरपालिकाको ५३ करोड वढिको निती तथा कार्यक्रम सार्वजनिक

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ १३ मंगलबार
phidim_nagarpalika_map.png

पाँचथर । फिदिम नगरपालिकाको मंगलबार प्रथम नगर भेलाले निति तथा कार्यक्रम सार्वननिक गरेको छ । नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले नगपालीकाले ५३ करोड ६० लाख ९४ हजारको बजेट सार्वजनिक गरेको  हो ।

 नगरपालीकाले पुर्वाधारमा २१ करोड, आर्थीक विकासमा १५ करोड, सामाजीक विकासमा २७ करोड, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा १० करोड, वातावरण तथा विपत व्यवस्थापनमा ४ गरोडको बजेट विनियोजन गरेको छ ।

 यस्तै जोरसाल,सरखण्डे,शिवा खोला लगायतका स्थानहरु जोडेर १४ वडालाई समेट्ने गरी रिङरोडको ब्यवस्था गरिएको छ ।
यस्तै आर्थिक वर्ष ०७४/०७५ मा सुब्यवस्थित शहरको लागि नगर गुरुयोजना,र आवधिक योजना बजेटको ब्यवस्था,क्रमिक रुपमा स्माट सिटी बनाउने तथा फ्रि वाइफाईको परिकल्पना,सवै वडाहरु लगायत नक्सा पासमा सूचना प्रविधिको प्रयोग,सवै वडा नगर बसको ब्यवस्था तथा पार्किङको ब्यवस्था,अन्डर ग्राउण्ड पार्किङ सहितको घर निर्माण गर्दा नक्सा पासमा छुट, घर निर्माण गर्दा एक घर एक धाराको नीति,हाम्रो फिदिम राम्रो फिदिम हाम्रो वडा राम्रो वडा,हाम्रो टोलको विकाश जनताको अपेक्षित निकास,वडा कार्यालयहरुको भवन निर्माण गर्ने निती,जिल्ला हष्पिटलको विरामीहरुको टिकट निशुल्क गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै उद्योग वाणिज्य हकहित सम्वद्ध समितीका सभापति तथा नेपाली काग्रेस केन्द्रिय सदस्य भिष्मराज आङदेम्बे,पूर्व गृहराज्यमन्त्री दिपकप्रकाश बास्कोटा,काग्रेस पाटी जिल्ला सभापति नरेन्द्र कुमार केरुङ,फिदिम नगरपालिका उपमेयर उर्मिला श्रेष्ठ लगायतले मनतब्य ब्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ