- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
न्युयोर्क । डिफेन्डिङ च्याम्पियन जर्मन खेलाडी एन्जेलिक केर्बर युएस ओपन टेनिसको पहिलो खेलबाटै बाहिरिएकी छिन् । छैटौं वरियताकी केर्बरलाई जापानिज बिना वरियताकी खेलाडी नाओमी ओसाकाले ६–३ र ६–१ को सोझो सेटमा हराएकी हुन् ।
२९ वर्षे केर्बरले एक वर्षअघि युएस ओपन जितेपछि कुनै पनि उपाधि उचाल्न पाएकी छैनिन् । १९ वर्षे ४५ औं वरियताकी ओसाकाले आफ्नो क्रेज बढाएकी छिन् ।
हारपछि निराश केर्बरले आफू पहिलेकै त्यही खेलाडी भएको भन्दै प्रशंसकलाई शान्त पार्ने प्रयास गरेकी छिन् ।
यता, पुरुषतर्फ विश्व नम्बर एक स्पेनिस खेलाडी रफाएल नडाल दोस्रो चरणमा पुगेका छन् । पहिलो चरणको खेलमा सर्वियन खेलाडी डुसान लाजोभिचलाई ७–६, ६–२ र ६–२ ले हराउँदै नडाल दोस्रो चरणमा पुगेका हुन् ।
पूर्व विश्व नम्बर एक ३६ वर्षीय स्वीस रोजर फेडेररले भने निकै संघर्षपूर्ण खेलमा अमेरिकन खेलाडी फ्रान्सेस टाफोइलाई ३–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका छन् ।
फेडेरर ४–६, ६–२, ६–१, १–६ र ६–४ ले विजयी भए । पहिलो चरणमै यति धेरै संघर्ष गर्नुपरेको विश्व नम्बर एक भएपछि फेडेररको पहिलो पटक नै हो ।
युएस ओपनमा शिर्ष ११ मध्ये ५ खेलाडीले नाम फिर्ता लिएका छन् । घाइते भएका कारण दावेदारहरु ब्रिटिश खेलाडी एन्डी मर्रे, सर्वियन खेलाडी नोभाक जोकोभिच, जापानिज खेलाडी केइ निसिकोरी, स्वीस खेलाडी स्टानिस्लास वावरिंका र क्यानेडियन खेलाडी माइलोस राओनिक खेलेका छैनन् ।