arrow

प्रदेश नं २ मतदान केन्द्र निर्धारण

logo
प्रकाशित २०७४ भदौ १४ बुधबार

काठमाडौँ । निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५ सय ७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १ सय ६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने सप्तरी, धनुषा र रौतहटमा १८–१८ रहेका छन् । सिरहामा १७, बारा १६, महोत्तरी १५ र पर्सा जिल्लामा १८ वटा स्थानीय तहको सङ्ख्या कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदातालाई मतदान गर्ने अधिकार रहेको छ । उक्त निर्वाचनका लागि स्वयंसेवकसहित ३१ हजारभन्दा बढी कर्मचारी खटिने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १ सय ३६, उपप्रमुख एवं उपाध्यक्ष १ सय ३६, वडाध्यक्ष एक हजार २ सय ७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६ सय २७ जनप्रतिनिधिको चयन हुनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ