arrow

एनसेल एप क्याम्प २०१५ का विजेताहरुलाई चेक र प्रमाणपत्र हस्तान्तरण

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
ncell-app-camp.jpg.jpeg
काठमाडौं। नेपालको अग्रणी मोवाइल सेवा प्रदायक एनसेलले सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरेको एनसेल एप क्याम्प २०१५ का विजेताहरुलाई चेक तथा प्रमाण पत्र र फाइनलिष्टहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ । एनसेल एप क्याम्प २०१५ का विजेताहरुको घोषणा गएको पुष ७ गते भएको थियो । अन्नेम्ड (भिआर) सर्वोत्कृष्ट घोषित भएको थियो । यो समुहले विधागत रु २,५०,००० र सर्वोत्कृष्ट  विजेताको रु ५,००,००० गरी रु ७,५०,००० नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
 
यसै गरी स्वास्थ्य विधाबाट स्किन कनसल्ट, पर्यटनबाट पिनपिक्स् र युटिलिटीबाट निडर विजेता भएका थिए । उनिहरूले जनही रु २,५०,००० पुरस्कार पाएका छन् । खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६÷६ वटा गरि अन्तिम प्रतिस्पर्धाकोलागि २४ समुहहरुछानिएका थिए । सोमबार एक समारोह बिच एनसेलका आइसिटी निर्देशक आन्द्रास पालीले सर्वोत्कृष्ट समूह अन्नेम्ड (भिआर) लाई चेक तथा प्रमाण पत्र हस्तान्तरण गरेका थिए । यो समुहले यसै वर्षमा हुने अन्तरार्ष्िट्रय एप सम्मेलनमा भाग लिने अवसर पनि पाउनेछ ।
 
उक्त समारोहमा काठमाडौं कलेज अफ म्यानेजमेन्टका निर्देशक विष्णु राज अधिकारी, मेट लाइफका प्रमुख कार्यकारी अधिकृत एम अलाउद्दिन अहमद, इ सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलि र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले विधागत विजयी समूहहरुलाई चेक तथा प्रमाण पत्र र फाइनलिष्टहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका थिए । यसै गरि पाँच महिनासम्म चलेको एप क्याम्पमा प्रतियोगिताका लागि दर्ता भएका ७२८ आइडिया मध्ये १५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए । एनसेलले छनोटका लागि पुर्व घोषित मापदण्डका एप को आवश्यक्ता, एपबाट समाधान हुने समस्या, एपको व्यापार सम्भावना साथै प्रतियोगीहरूको अभिब्याक्ति र प्रस्तुतिलाई मुख्य आधार बनाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ