arrow

गाविसका एक हजार आठ सय सतरी जना निरक्षरहरु व्यवसायिक साक्षर

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
education.png.png
कविता उपाध्याय,रोल्पा। जिल्लाका विभिन्न १३  गाविसका एक हजार आठ सय सतरी  जना निरक्षरहरु व्यवसायिक साक्षर भएका छन् । युएसएडको आर्थिक सहयोगमा डिप्रोक्स नेपालले एक हजार आठ सय सतरी  जनालाई व्यवसायीक साक्षर वनाएको हो । जिल्लाका १३  वटा गाविसका एक हजार आठ सय सत्तरी  जना निरक्षरलाई व्यवसायीक साक्षर वनाएको व्यवसायिक साक्षरता कार्यक्रम जिल्ला प्रवन्धक अशोक लम्साल ले जानकारी दिनुभयो ।
 
लम्सालका अनुसार किसान परियोजना भित्र रहेका निरक्षरलाई मात्र साक्षर बनाइएको हो । यसरी साक्षर हुनेमा महिलाको संख्या १ हजार ७ सय १७  र पुरुस को  संख्या १ सय ४९ जना  रहेको छ  । एक वर्षसम्म सञ्चालन गरिएको व्यवसायीक साक्षरताका पाठ्यक्रममा भाग एकमा साक्षरता र हिसाव, भाग दुईमा पोषण शिक्षा, भाग तीनमा जीवन उपयोगी सिप, भाग चारमा उद्यमशिलता सिप र भाग पाँचमा वित्तमा पहुँच आदिका विषयमा सिकाइएको थियो ।
 
 त्यसैगरी झाडापखाला तथा साईन फ्लु जस्ता महामारीको वेला र विगत द्धन्दको समयमा पनि डिप्रोक्स नेपालले रोल्पा जिल्लामा काम गर्दै आएको डिप्रोक्स नेपालका निर्देशक कैलाश रिजालले बताउनु भयो । रिजालका अनुसार विगत द्धन्दको समयमा पनि विभिन्न जिल्लामा सिंचाई, खानेपानी, पौढ शिक्षा,र कबुलियती बन कार्यक्रम  लगाएतका विविध कार्यक्रम सञ्चालन गरिएको थियो । २२ वर्ष पहिला काठमाण्डौंमा दर्ता भएको डिप्रोक्स नेपालले हाल सम्म ५६ जिल्लामा काम गरिसकेको र उक्त व्यवसायीक साक्षरता कार्यक्रम २० वटा जिल्लामा सञ्चालन भईरहेको निर्देशक रिजालले बताउनु भयो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ