arrow

पाँच दिनदेखि विद्युत् आपूर्ति बन्द, प्राधिकरणले मर्मतमा ढिलाइ गरेको गुनासो

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
Nepal-Electricity-Authority.jpeg

बाबियाचौर । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएको छ । 

प्रसारण लाइनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत् आपूर्ति हुन नसकेको हो । 

विद्युत् सुविधाको अभावमा बेग, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, शिख, घार, दाना र नारच्याङका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । 

पर्यटकीयस्थल घोडेपानी, भुरुङ तातोपानी, दानाका होटल व्यवसायीसमेत विद्युत् अभावमा प्रभावित बनेको होटल व्यवसायी इन्द्रसिंङ शेरचनले बताए । 

नेपाल विद्युत् प्राधिकरणले मर्मतमा ढिलाइ गर्दा उपभोक्ता मर्कामा परेको उनले गुनासो गरे । 

प्राधिकरण बेनी वितरण केन्द्रले खराबी भएको ठाउँ पत्ता लगाउन नसकिँदा मर्मतमा ढिलाइ भएको बताएको छ । 

तिल्केनीचौरदेखि मिलनचोक सवस्टेशनसम्मको प्रसारण लाइन परीक्षण गरेपछि खराबी पत्ता लाग्ने र मर्मत गरी विद्युत् आपूर्ति गराउन पहल भइरहेको केन्द्रले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ