arrow

नेपाली महावाणिज्य दूतावासको उद्घाटन गर्न परराष्ट्रमन्त्री चीन जाने

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
krishna-bahadur-mahara-new.jpeg

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा आगामी बुधबार चीन जाने भएका छन् ।  

भ्रमण टोलीमा नेपालका लागि चिनियाँ राजदूत र चीनका लागि नेपाली राजदूत तथा परराष्ट्र मन्त्रालय र दूतावासका उच्च अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनमा रहँदा उपप्रधानमन्त्री महराले चिनियाँ विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्नाका साथै वरिष्ठ चिनियाँ नेताहरुसँग भेटघाट गर्ने र बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालय विश्वविद्यालयमा हुने विचारगोष्ठीमा सहभागी हुनेछन् ।

उनले ग्वाङझाओमा स्थापित नेपालको महावाणिज्य दूतावासको यही भदौ २५ गते उद्घाटन गर्नाका साथै उद्योगी व्यवसायी समुदायलाई सम्बोधन गर्नाका साथै ग्वाङझाओका प्रान्तीय नेताहरुसँग भेट्ने कार्यक्रम छ । उपप्रधानमन्त्री महरा यही भदौ २६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ