arrow

किसुनजी स्मृती भेट्रान कप फुटबल भाद्र ३१ देखी असोज ७ सम्म

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
football-new.jpg

काठमाडौं । सदाबहार खेलकुद समाज तथा काठमाडौं खेलकुद समाजको आयोजनमा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतीमा किसुनजी स्मृती भेट्रान कप नकआउट फुटबल प्रतियोगीता हुने भएको छ । भाद्र ३१ देखी असोज ७ गते सम्म सञ्चालन हुने प्रतियोगीतामा विभिन्न ए डिभिजन क्लब तथा टिमहरुको सहभागीता हुने आयोजक समितिका अध्यक्ष एवम् जिखेविस काठमाडौ.का उपाध्यक्ष समेत रहेका बद्रि भट्टराईले बताएका छन ।

आयोजक सदाबहार खेलकुद समाज, हिमालयन शेर्पा क्लब, चाबहिल स्र्पोटस क्लब, सिन्धु स्र्पोटस क्लब, क्लब मोसेस मिर्मिरे युवा क्लब, बुढानिलकण्ठ भेट्रान, सानोगौचरण युवा क्लब, टोखा भगवती क्लब, एजे भेट्रान, सामाखुसी फुटसल , सुर्योदय खेलकुद सोसाइटीलगायतको टिम तयारी भइसकेको र जाउलाखेल युथ क्ल्ब, नेपाल आर्मी, सशस्त्र प्रहरी,मध्यपुर ठिमि फ्रेण्डस क्ल्बको समेत सहभागी गराउन प्रयास भइरहेको भट्टराइले बताएका छन् ।

 विजेताले उपाधी सहित पचास हजार प्राप्त गर्ने छ भने उपविजेताले पच्चिस हजार हात पार्ने छ । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही ५ हजार पाउने छन । प्रतियोगीताका सम्पूर्ण खेलहरु कपन स्थित ह्याण्डबल मैदानमा हुने छ । नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदान स्मरण योग्य भएको हुँदा उनको नाममा प्रतियोगीता आयोजना गर्न लागिएको आयोजकले बताएको छ । स्मरणरहोस किसुनजी प्रधानमन्त्री हुँदा वि.स.२०५६/५७ मा काठमाडौंमा भएको साग खेलकुदमा नेपालले किर्तिमान ३२ स्वर्ण पदक हात पारेको थियो भने फुटबलतर्फ रजत पदक प्राप्त गरेको थियो ।

प्रतियोगीताको उद्घाटन खेल पत्रकारको समुह र माननीय सांसदहरुको समुह विच गराउने प्रयास समेत भइरहेको बताइएको छ । प्रतियोगीतामा अतिथि टिमका रुपमा कोरियन एम्बेसीका खेलाडीहरु समेत सहभागी हुने भएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ