arrow

विश्वकप छनोट फुटबलः एसियाबाट दक्षिण कोरिया र साउदी अरबिया पनि छानिए

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
saudi-football.jpg

काठमाडौं । सन् २०१८ को रुस विश्वकप फुटबलका लागि एसियाबाट जापान, इरानसंगै दक्षिण कोरिया र साउदी अरबिया छानिन सफल भएका छन् । 
इरान र जापान पहिले नै छानिएका थिए भने दक्षिण कोरियाले एएफसी समुह ए बाट अन्तिम खेलमा उज्वेकिस्तानसंग गोलरहीत बराबरी खेल्दै छानिएको हो । 
यो समुहबाट इरान पहिले नै छानिएको हो । 
सिरियाले उज्वेकिस्तानलाई गोल अन्तरमा उछिन्दै प्लेअफ खेल्न पाउने भएको छ ।  उज्वेकिस्तान, चीन र कतार भने बाहिरिएका छन् । 
२०२२ मा विश्वकप आयोजना गर्ने जिम्मा पाएको कतार पुछारमा रहँदै बाहिरिनुले अर्को विश्वकपलाईसमेत असर पर्ने देखिएको छ । 

त्यस्तै समुह बी बाट पहिले नै विश्वकपमा पुगिसकेको जापानलाई अन्तिम खेलमा १–० ले हराउँदै साउदी अरबियाले विश्वकपमा स्थान बनाएको हो । 

जापान पहिलो र साउदी अरयिबा दोस्रो हुँदै विश्वकपमा छानिए । अष्ट्रेलिया भने गोलअन्तरमा पछि पर्दै तेस्रो भई प्लेअफ खेल्न पाउने भएको छ । 
 



नयाँ