arrow

काठमाडौं महानगरपालिकाका उपमेयर सहित १४ वडाअध्यक्षद्वारा बोर्ड बैठक बहिस्कार 

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सहित १४ वडाअध्यक्षले बोर्ड बैठक बहिस्कार  गरेका छन् । बोर्ड बैठकमा प्रस्तुत गरिने एजेन्डाको बिषयमा आफुहरुलाई पुर्व जानकारी नदिर्इ वडा अध्यक्षहरुको मानमर्दन गरेको भन्दै उनीहरुले बुधबारको बोर्ड बैठक बहिस्कार गरेका हुन् ।

बुधबार बिहान ८ बजेकालागि राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा बोलाइएको बैठकमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा बिजयी भएकाहरु तोकिएको समयमा नै सभागृहमा भेला भएर वडाध्यक्षहरु के एजेण्डामा बैठक गर्न आएको भन्दै मेयरप्रति ब्यङ्ग्य गरिरहेका थिए । उनीहरु सो विषयमा  मेयर प्रति रुष्ट पनि देखिन्थे ।

२ घण्टा ढिला गरी सुरु भएको बैठकमा उनीहरुले एजण्डाको विषयमा जानकारी नगराएको प्रति आपत्ति जनाएका थिए ।  उनीहरुले एजेण्डाको विषयमा जानकारी गराएर अपरान्ह ४ बजेको लागि बैठक बोलार्इए बैठकमा सहभागी हुन तयार रहेको प्रतिकृया दिए । महानगरपालिका वडा नम्वर १६ का वडाध्यक्ष मुकुन्द रिजालले हाम्राकुरासँग महानगरमा मेयरको मनोमानी गरेकाले आफुहरु यस्तो कदम चाल्न बाध्य भएको प्रतिक्रिया दिए ।

उनले हनिमुन पिरियड भरी मेयरलाई सहयोग गर्दै आए पनि उनले भने महानगरमा  एकलौटी शासन जमाउन खोजेको आरोप लगाए । 

स्रोतका अनुसार महानगर प्रमुखमा विद्यासुन्दर शाक्य निर्वाचित भए पछिको १०१ दिनको प्रगति विवरण सार्वजनिक गर्न महानगरले बिहिबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। सोही विषयमा छलफलको लागि बुधवार बोर्ड बैठक बोलाइएको थियो । तर, मनपरी गर्दै जाने हो भने बहुमतले निर्णय गरेर वोर्ड बैठक सम्पन्न गर्न चुनौती दिदै काँग्रेसका वडाध्यक्षहरु बैठक बाट बाहिरिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ