arrow

काठमाडौं महानगरको बोर्ड बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न, के के भए कुरा ?

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
mahanagar123.jpg

काठमाडौं । उपप्रमुख सहितका १४ वडाध्यक्षहरुको बहिस्कार पछि बुधबार स्थगित भएको काठमाडौं महानगरपालिकाको बोर्ड बैठक बिहीबार भने सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । आफूहरुलाई कुनै एजेण्डा विना नै बोर्ड बैठकमा डाकिएको भन्दै उपप्रमखु हरिप्रभा खड्गी सहितका १४ वडाध्यक्षहरुले बुधबारका लागि बोलाईएको बोर्ड बैठकमा सहभागी भएर बीचमै बहिस्कार गरेर निस्किएका थिए । 

आफ्नो एक सय दिनको कामबारे पत्रकार सम्मेलनमा प्रस्तुत गरिने कुरा, शुक्रबारदेखि सुरु हुने मेयर र कार्यकारी अधिकृतको कोरीया भ्रमण लगायत समसामयिक विषयमा समेत केन्द्रीत रहेर छलफलको लागि बैठक बोलाईएको थियो । तर, २४ घण्टा अघि नै बैठकको एजेण्डा प्रस्तुत गर्नुपर्ने नियमबाहिर गएर बैठक बोलाईएको भन्दै उनीहरुले बहिस्कार गर्ने निर्णय गरेका थिए । 

बुधबारको बैठकमा झण्डै आधा सदस्यहरुले बहिस्कार गरेपछि बोर्ड बैठक बिहीबारको लागि बोलाईएको थियो । बिहीबार बिहान बसेको बैठकमा भने सबै विषय सौहार्दपूर्ण रुपमा सम्पन्न भएको एक सदस्यले जनाकारी दिए । स्रोतका अनुसार बैठकमा बुधबार साँझ १६ नं वडाका अध्यक्ष मुकुन्द रिजालले जारी गरेको बहाल करबापत २ प्रतिशत मात्रै शुल्क लिने निर्णय फिर्ता लिन आग्रह गरिएको थियो । 

सो निर्णय नगरसभाको निर्णय विरुद्ध भएको र कर निर्धारण गर्ने कुरा नगरपरिषद्को अधिकारको कुरा भएकोले वडाले नै त्यस्तो निर्णय गर्न नमिल्ने विषयमा कुराकानी भएको थियो । सोको लागि महानगरपालिकाले सो निर्णय फिर्ता लिन लिखित पत्र पठाउने विषयमा कुराकानी भएको थियो । 

त्यस्तै, बैठकमा एक सय दिनमा महानगरपालिकाको टीमले गरेको काम सार्वजनिक गर्नै विषयमा कुराकानी भयो । बैठकले घरजग्गा रजिस्ट्रेसन शुल्कको विषयमा कुराकानी गर्ने तयारी भएपनि सो विषयमा कुराकानी हुन सकेन । अब बैठक बोलाउँदा कम्तिमा एक दिन अघि नै ऐजेण्डा सहित निम्ता दिने सहमति पनि भएको स्रोतले जानकारी दियो । बोर्ड बैठकबाट पारित भएसँगै प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आफूले गरेको कामको यथार्थ विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ