arrow

उम्मेदवारी दर्तासंगै जनकपुर काँग्रेसमय

logo
श्रीकान्त झा,
प्रकाशित २०७४ भदौ २२ बिहिबार
Nomination_file-_Janakpur_.jpg

जनकपुरधाम।  नेपाली काँग्रेसका तर्फबाट जनकपुर उपमहानगरपालिकाको मेयर सहित सबै पदमा उम्मेदवारी दिएसंगै जनकपुर कांग्रेसमय भएको छ ।

स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ अन्तरगत जनकपुर उपमहानगरपालिका  सहित धनुषाको १८ स्थानिय तहमा नेपाली काँग्रेसका तर्फबाट बुधबार उम्मेद्वारी दर्ता भएको छ । उम्मेद्वारी दर्ता गर्दा वडा वडाबाट कार्यकर्ता तथा शुभेच्छुकहरु ठूलो संख्यामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
 
जनकपुर उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसले मृदुभाषि युवा नगर सभापति मनोजकुमार साह तथा उपमेयरमा नेतृ निलम कर्णलाई उम्मेदवार बनाएको छ । स्वच्छ छविका लोकप्रिय उम्मेद्वारहरु अगाडि सारेको हुनाले कांग्रेसका कार्यकर्तामा निक्कै उत्साह बढेको छ ।

उम्मेवारी दर्ताका समयमा काँग्रेसका कार्यकर्ताहरु मोटरसाईकल र साईकलमा कांग्रेसको चार तारे झण्डा र चुनाव चिन्ह रुख सहितको व्यानर राखेर नगरको विभिन्न भाग परिक्रमा गरेकोले जनकपुर काँग्रेसमय बन्न पुगेको हो ।

कांग्रेसका कार्यकर्ताले  विद्युत र टेलिफोनका पोलहरुमा झण्डाहरु सजाएकोले जनकपुरको चुनावी माहौल काग्रेसमय भएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ