arrow

सिरहामा काँग्रेस र एमालेबाट डाक्टरको भीडन्त

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
siraha_doctor.png

सिरहा । यतिवेला मधेशका जिल्लाहरुमा स्थानीय तह तेस्रो चरण निर्वाचनको सरगर्मी बढेका छन् । विभिन्न दलका उम्मेदवारहरु मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । नगर र गाउँपालिकाको मेयर र अध्यक्षमा कसको वर्चस्व रहन्छ भन्ने तर्क वितर्क हुन थालेका छन् । गाउँदेखी शहर सम्मको चौक चौकमा चुनावी चर्चा बढेको छ ।

यसैवीच सिरहा नगरपालिकामा नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय वुद्धिजीविहरुले तर्क गर्न थालेका छन् । काँग्रेसबाट डा. सुभाष चन्द्र यादव र एमालेबाट डा. नविन यादवले चुनावी मैदानमा उत्रेका छन् । लामो समयदेखी डा. सुभाष पार्टीको राजनीतिमा छ भन्ने डा. मौसमी राजनीति गर्ने गरेको स्थानीय वुद्धिजीविहरुको भनाई छ ।

०७० को संविधानसभाको निर्वाचनमा डा. नविन यादवले फोरम लोकतान्त्रिकबाट निर्वाचन लडेका थिए । उनी एमालेका शहिद नेता हेमनारायणका छोरा हुन । आफ्नो बुबाको हत्यारालाई कारवाहीको दायरा ल्याउन पार्टीले केही नगरेको भन्दै उनी एमाले छाडेका थिए । एमाले छाडेका उनले फोरम लोकतान्त्रिक विजय कुमार गच्छदारबाट बुबा सालिकमा माल्यार्पण गराएका थिए । एमालेका शहिद बुबा हेमनारायणको मानमर्दन गराएको स्थानीयहरुको आरोप छ ।

०७० को संविधानसभाको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट जमानत जोगाउन हम्मे हम्मे परेका डा. नविनले फेरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । पछि फेरी एमालेमा आएर मेयरका उम्मेदवार बनेका छन् । उनले निर्वाचनमा पराजित भएपछि उनी चिकित्सा पेसा फिर्ता आउने गर्छ मौका आउँदा राजनीतिमा आउँछन् । त्यसैले डा. नविन मौसमी राजनीतिमा मात्रै लागेको तर्क स्थानीयहरुले गर्न थालेका छन् । अहिलेपनि उनले किल्निक खोलेर बसेका छन् । किल्निकमा उपचार चुनावी प्रचारसँगसँगै गरिरहेका छन् ।

सदरमुकाम एक मात्र सरकारी अस्पताल लाथलिङ्ग बनेका छन् । कोही डाक्टर बस्न चाहदैन् । केही समय सरकारी अस्पतालमा विताएका डा. नविन निजी किल्निक संचालन गरेर बसेका छन् । सरकारी अस्पतालको अवस्था खराब भएपछि जनताका स्थास्थ्यमा सहज पहुँचबाट बन्चित भएका छन् । तर, एमाले मेयरका उम्मेदवार डा. नविन व्यवसायिक रुपमा किल्निकका संचालक छन् ।०७० सालकै निर्वाचनमा एमालेबाट सहजाद सिद्धिकीले पनि छाडेर राष्ट्रिय मधेश समाजवादीबाट साँसदमा चुनाव लडेका थिए ।
 
नेपाली काँग्रेसका डा. सुभाष यादव पार्टीको १३ वर्ष  देखी महासमिति सदस्य हुदै आएका हुन् । राजनीतिमा लामो समय विताएका यिनले गाउँ घरमा जनतामाँझ परिचित अनुहार रहेका छन् । डा. सुभाष पनि शहिद चन्द्रनारायण यादवका छोरा हुन । शहिद चन्द्र नारायण पार्टी सभापति र जिल्ला विकास सभापति थिए । डा. सुभाषका आमा सितादेवी यादव काँग्रेसको केन्द्रिय कोषाध्यक्ष रहेका छन् । सितादेवी तिन कार्यकाल जिल्ला सभापतिको रुपमा चलाईसकेका छन् । सिरहा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचत साँसद सितादेवी प्रचण्ड नेतृत्वको सरकारमा शान्तीमन्त्री भएका थिए ।
 
शान्ति मन्त्री भएदेखी र संसदीय विकास कोषबाट गाउँ गाउँमा विकास योजनाहरु जनताको चाहना अनुरुप सम्पुर्ण कार्य डा. सुभाष अग्रसर भई सम्पन्न गराएका छन् । गाउँका विद्यालय, सडक, सिचाई र खानेपानी जनताको आधारभुत आवश्यकतालाई पुरा गर्न सधैँ सक्रिय रहेको नगरवासीहरुको भनाई छ ।

पार्टी संगठनको काममा सधैँ वडा-वडाका कार्यकर्तासमक्ष पुगिरहने डा. सुभाषलाई काँग्रेसले मेयरमा अघि सारेका छन् । पार्टीको संगठन सुधार र व्यवस्थित गर्न डा. सुभाष उल्लेखनीय भुमिका निर्वाह गरेको कार्यकर्ताहरुको भनाई छ । महासमिति सदस्य पछि पहिलो पटक डा. सुभाष यादव मेयरमा लडदै छन् ।

मधेश आन्दोनलको रापमा २०६४ को निर्वाचनमा यहाँ मधेशी जनअधिकार फोरमले विजय भएका थिए । त्यतिवेला पनि काँग्रेसले १० हजार ६ सय मत प्राप्त गरेका थिए । भन्ने एमाले ७८ सय मत पाएका थिए । ०७० को निर्वाचन नेपाली काँग्रेस ११ हजार १ सय ११ मतले प्राप्त गर्दै भारी मतअन्तरले एमालेलाई हराउँदै विजय भएका थिए । भन्ने फोरम चौथो स्थानमा सिमित भएका थिए ।

संघिय समाजवादी फोरमबाट अशेश्वर यादव मेयरमा उम्मेदवार भएका छन् । यादव पूर्व मेयर हुन । यस्तै नयाँ शक्तिबाट डा. दिलिप सदा छन् । नेकपा माओवादी केन्द्रबाट महेश गोप मेयरमा चुनावी मैदानमा उत्रेका छन् । सिरहा नगरपालिकामा पुर्व मेयर र डाक्टरहरु मेयरमा भिडदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ