arrow

स्याङ्जामा दुई निर्वाचन क्षेत्र कायम

वालिङ र भीरकोटका वडाहरु विभाजित

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ भदौ २२ बिहिबार
Syangja_District.png

स्याङजा । निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनुसार स्याङ्जामा प्रतिनिधी सभा तर्फ २ र प्रदेश सभा तर्फ ४ निर्वाचन क्षेत्र कायम भएको छ । तिन निर्वाचन क्षेत्र रहेको स्याङ्जा निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ कायम गरिदिएको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा दुई नगरपालिकाका वडाहरु भने विभाजन गरिएको छ । ३ निर्वाचन क्षेत्र रहेको स्याङ्जा २ क्षेत्रमा सिमित हुन पुगेको छ । प्रदेश सभाका लागि भने २—२ वटा प्रदेश निर्वाचन क्षेत्र रहने व्यवस्था आयोगले गरेको छ । क्षेत्र निर्धारण गर्दा स्याङ्जाका २ नगरपालिका भने विभाजन गरिएको छ । वालिङ र भीरकोट नगरपालिकालाई क्षेत्र निर्धारणमा टुक्राइएको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रतिनीधि सभा निर्वाचन क्षेत्र १ मा फेदीखोला, आँधिखोला, पुवनपा, अर्जुनचौपारी, बिरुवा, हरीनास, भीरकोट नगरपालिकाको वडा नं. १, २, ३, ४ र वालिङ नगरपालिकाको वडा नं. ३ र ४ रहेका छन् । क्षेत्र नं. २ मा चापाकोट, गल्याङ्, वालिङ नगरपालिकाको ३ र ४ बाहेक सवै वडाहरु, भीरकोट नगरपालिकाको वडा नं. ५, ६, ७, ८, ९ र कालीगण्डकी गाँउपालिका रहेका छन् । यता प्रदेश सभाको लागि निर्धारण गरिएका ४ वटा क्षेत्रहरु मध्ये क्षेत्र नं. १ मा विरुवा, हरीनास, भीरकोट नगरपालिकाको १, २, ३, ४, वालिङ नगरपालिकाको वडा नं. ३ र ४, पुवनपाको वडा नं. १, २, ७, ८, ९ र १२ रहेका छन् । प्रदेश सभा क्षेत्र नं. २ अन्तरर्गत फेदीखोला, आँधिखोला, अर्जुनचौपारी, पुवनपाका वडा नं.३, ४, ५, ६, १३ र १४ छन् भने प्रतिनिधि सभाको क्षेत्र नं. २ अन्तरर्गत प्रदेश क्षेत्र नं. १ मा वालिङ नगरपालिकाको वडा नं. ३ र ४ बाहेक सबै वडाहरु, भीरकोट नगरपालिकाको ५, ६, ७, ८, ९ र गल्याङ्को ६ र ७ रहेका छन् ।

यसै क्षेत्र अन्तरर्गत क्षेत्र प्रदेश सभाको लागि निर्धारण गरिएको क्षेत्र नं. २ मा कालीगण्डकी, चापाकोट र गल्याङ नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११ वडा समावेश छन् । यी क्षेत्र निर्धारण सगँ कुन क्षेत्रमा कुन पार्टीको वर्चस्व रहने अडकलबाजी गर्न थालिएको छ । भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई आधार मानेर हेर्ने हो भने प्रतिनिधि सभाका लागि क्षेत्र नं. १ एमाले र २ मा तुलानात्मक रुपमा काँग्रेस बलियो देखिन्छ ।

 प्रदेश सभाका लागि तय गरिएका क्षेत्रहरुमा भने कसले बाजी मार्ला त्यो अहिले नै अडकल गर्न सक्ने खालको छैन । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन सार्वजनि गरेपछि वालिङ र भीरकोटलाई विभाजित नगर्न सामाजिक संजाल मार्फत सर्वसाधरणहरुले अनुरोध गरेका छन् । एउटै नगरपालिका पनि २ वटा निर्वाचन क्षेत्रमा विभाजन भएपछी सर्वसाधारण अन्योलमा देखिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ