arrow

१०० दिनमा विद्यासुन्दरका काम : कागजमा ८६ बुँदा, काममा ६ वटामात्रै !

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
bidhyasundar-shakya.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी ८६ काम थालनी भएको दाबी गरेका छन्। एक सय दिनको कार्यविवरण सार्वजनिक गर्दै उनले गर्न चाहेका कतिपय काम आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले पनि प्रतिबद्धता पूरा गर्न नसकिएको जानकारी गराए। 

एक सय दिन पूरा भएको अवधिमा ‘क्लिन द सिटी’ अभियानअन्तर्गत एक हजार ९५ मेट्रिक टन फोहर संकलन, ग्रिन द सिटी अभियानअन्तर्गत एक हजार ८०३ बिरुवा रोपण, ८८ वर्ष उमेर पुगेका कामपाका ज्येष्ठ नागरिकलाई रु १२ हजार महानगर भत्ता वितरण र फोहरबाट बिजुली निकाल्ने काम सम्पन्न भइसकेको जनाइएको छ । 

त्यसैगरी ज्येष्ठ नागरिकका लागि सार्वजनिक मनोरञ्जनात्मकस्थल र वाइफाइ जोन निर्माण, कौसी खेतीलाई प्रवद्र्धन, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, बागदरबार भवन निर्माणका लागि प्रक्रियागत काम, प्रत्येक वडामा बाल क्लब निर्माण, सडकमा लत्रेका तार व्यवस्थापन, आकाशे पानीको संकलन र शुद्धीकरण, कामपा क्षेत्रभित्रका ८४ स्थानमा ढल निर्माणजस्ता कामको थालनी गरिएको प्रमुख शाक्यले बताए। 

तर विद्यासुन्दरले गरेको सो प्रतिवद्दता मध्ये धेरै काम प्रक्रियामा रहेको बतार्इएको छ । जुन उनले सम्पन्न गर्छु भनेका थिए । उनले गरेको प्रतिवद्धता मध्ये पहिलो बृद्धहरुलार्इ महानगर भत्ता दिने दोस्रो शारीरिक व्यायाम, हस्तकला लगायतका विभिन्न रचनात्मक कामहरुमा आवद्ध गराउने गरी कार्यक्रम ल्याउने भनेका थिए । यसमा पनि काम त सुरु भएको छैन तर पनि सोको लागि ५ करोड ५१ लाख बजेट विनियोजन गरेकोले यसलाई पनि काम सुरु भएको मानिएको छ । 

वर्षेपानी संकलनको अभियानतर्फ भूमिगत जल भण्डारण गर्ने अभियान थाल्ने योजना अनुरुप १५ वडाबाट काम सुरु भईसकेको बताईएको छ । त्यसैले पनि यो समेत विद्यासुन्दरले गरेको कामभित्र राखिएको छ । यसरी गन्दा उनले देखाएका बुँदाहरु मध्ये ६ बुँदामात्रै काम सम्पन्न भईसकेको देखिएको छ । बाँकी सबैमा शाक्यले भनेका कामहरु प्रक्रियामा रहेको बताईएको छ । 

स्थानीय तह निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धतामध्ये धरहरा पुनःनिर्माण, कामपा वरपर रहेका अन्य नगरपालिकासँग समन्वये, हेलो मेयर क्विक कार्यक्रम र मोबाइल एप्सजस्ता काम हालसम्म शुरुआतसम्म गर्न नसकिएको शाक्यले स्वीकारे । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट शाक्य कामपा प्रमुखमा विजयी भएका थिए। केही शुरु गर्न बाँकी रहेको प्रतिबद्धता छिट्टै शुरु गरिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ