arrow

काँग्रेस नेता रानामाथि भारतीयद्वारा हमला र लुटपाट

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
Kanchanpur_District.png

कञ्चनपुर । कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन् । 

भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेका हुन् । 

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रानासँग रहेको मोबाइल सेट र भारतीय रुपैयाँ रु ३६ हजार लुटेराले लुटेर लगेका छन् । 

लुटेराको आक्रमणका कारण रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको छ । 

पूर्वअध्यक्ष रानाले लुटेराले मोटरसाइकल रोकेर लुटपाट र आक्रमण गरेको बताए ।

इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रहरी निरीक्षक मोहन साउदले भारतीय प्रहरीसँग समन्वय गरी आक्रमण र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ