arrow

जथाभावी स्थानीय तहको नाम परिवर्तन नगर्न मन्त्रालयको पत्र

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
mantralayako_patra.jpg

काठमाडौं । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले नेपालको संविधान विपरित आफूखुशी स्थानीय तहको नाम परिवर्तन नगर्न आग्रह गर्दै स्थानीय तहलाई पत्र लेखेको छ । शुक्रबार मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जारी गरेको विज्ञप्तीमा संविधान विपरित यस्तो नगर्न मन्त्रालयको निर्णयानुसार आग्रह गरिएको हो । 

नयाँ जनप्रतिनिधि आएको ६ महिनाभित्र स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नुपरेमा एक पटकको लागि नाम र केन्द्र परिवर्तन गर्ने निर्णय स्थानीय गाउँसभा तथा नगरसभाको बहुमत सदस्यको निर्णयसहित नेपाल सरकारलाई आग्रह गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ । यसरी स्थानीय तहले गरेको आग्रह जायज लागेमा मन्त्रिपरिषद्बाट निर्णय गरी सो स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नसक्ने प्रावधान संविधानमा राखिएको छ। 

तर नवनिर्बाचित जनतिनिधिहरुले भटाभट आफूखुशी निर्णय गर्ने गरेकोले त्यस्तो काम नगर्न मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ