- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
न्युयोर्क । युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि अमेरिकन खेलाडी स्लोआनी स्टेफेन्सले जितेकी छिन् ।
अमेरिकाको न्युयोर्कमा भएको फाइनलमा आफ्नै राष्ट्रकी मेडिसन किजलाई ६–३ र ६–० को सोझो सेटमा हराउँदै स्टेफेन्सले करियरमा पहिलोपटक ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।
दुवै जना पहिलो पटक ग्रान्डस्लामको फाइनल खेलेका हुन् । जितपछि स्टेफेन्सले यति सजिलै फाइनल जितुँला भनेर नसोचेको बताए ।
युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधिका लागि स्पेनिस खेलाडी रफाइल नदाल र साउथ अफ्रिकन खेलाडी केभिन एन्डरसन भिड्ने छन् ।