arrow

यस्तो छ धनौजी गाउँपालिकामा काँग्रेसको अवस्था

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
Dhanauji_-1.jpg

धनौजी(धनुषा)।असोज २ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा धनुषाको धनौजी गाउँपालिकामा नेपाली काँग्रेसको पक्षमा जनलहर देखिएको छ।  विकास निर्माणमा नेपाली काँग्रेस प्रतिवद्ध रहेको भन्दै स्थानीय मतदाताहरु नेपाली काँग्रेसको पक्षमा देखिएका छन् ।

नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका बद्री सिंहले आफ्नो कुनै दल प्रतिद्धन्दी नरहेको बताए ।  लामो समयदेखि राजनीतिमा सक्रिय रहेका  सिंहले जनताको कामलाई बढी प्राथमिकता दिंदै आएका छन् ।

 धनौजी गाउँपालिकाको स्वास्थ्य, शिक्षा, बिजुली, सिँचाई लगायतका विषय आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । उपाध्यक्षका उम्मेदवार रामवती मण्डलले महिला अधिकारको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ