- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
न्युयोर्क । युएस ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडालले जितेका छन् । सोमबार बिहान भएको फाइनलमा साउथ अफ्रिकन खेलाडी केभिन एन्डर्सनलाई सोझो सेटमा पराजित गर्दै विश्व नम्बर १ नाडालले उपाधि जितेका हुन् ।
नाडाल ६–३, ६–३ र ६–४ को सोझो सेटमा विजयी बने ।
यो उपाधि जितेसंगै नाडालको ग्रान्डस्लाम संख्या १६ पुगेको छ । यसका लागि नाडालले २ घण्टा २७ मिनेटको समय मात्र फ्लसिङ मिडोजको कोर्टमा खर्चिए ।
नाडाल क्वार्टरफाइनलबाटै बाहिरिएका पूर्व विश्व नम्बर १ स्विस खेलाडी रोजर फेडेरर भन्दा ३ ग्रान्डस्लामबाट मात्र पछाडि छन् ।