arrow

पाँचथरको तुम्बेवा गाउँपालिकाको बजेट सार्वजनिक

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ भदौ २६ सोमबार
panchtar-tumbewa.jpg

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकाको आर्थिक वर्ष ०७४/०७५ को बजेट तथा निती कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले परिषद बाट २० करोड ६ लाख ७१ हजार १ सय ७२ रुपैयाको बजेट तथा निती कार्यक्रम सार्वजनिक गरेका हुन् ।   जसमध्ये ससर्तमा ६ करोड ७८ लाख १६ हजार रुपैया,उक्त गाउँपालिकाको वडा नम्बर १ मा ८५ लाख रुपैया,वडा नम्बर २ मा ९० लाख रुपैया,वडा नम्बर ३,४ र ५ मा ८५ लाख रुपैयाका दरले रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष थापाले वताए ।

 यस्तै विषयत कार्यालय अन्तर्गत पशु सेवा कार्यालय तर्फ २० लाख १० हजार ९ सय ९० रुपैया,कृषि कार्यालय तर्फ ३४ लाख ७४ हजार रुपैया, महिला विकाश कार्यालय तर्फ १४ लाख ४८ हजार रुपैया रकम विनियोजन गरिएको थियो ।

यस्तै गाउँपालिकाको विधुतिकरणका लागि १ करोड,सडक पूर्वाधार अन्तर्गत सडकको स्तरोन्नितका लागि  हाङगुम–मौवा सडकखण्ड निर्माणका लागि ३० लाख रुपैया,दशमी मौवाका लागि ३० लाख रुपैया,नयाँखोला देखि मौवाका लागि ३० लाख रुपैया,लफुवादोभान देखि मौवा सम्म ३० लाख रुपैया रकम विनियोजन गरिएको छ । त्यसैगरी जेसिबी खरिदका लागि ६० लाख रुपैया,यूवा स्वरोजगारका लागि ५० लाख रुपैया,स्वास्थ्य क्षेत्रका लागि २० लाख रुपैया लगायत विविध शिर्षकमा रकम विनियोजन गरिएको थियो ।

परिषदको उद्घाटन गर्दे  उद्योग वाणिज्य हकहित संसदीय सम्वद्ध समिती सभापति भिष्मराज आङदेम्बेले सुख्खाग्रस्त तुम्बेवा गाउँपालिकामा तमोर लिफट् बाट खानेपानी ल्याउने प्रवन्ध मिलाईदिने वताए । कार्यक्रममा नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङ,पाटीका महाधिवेशन प्रतिनिधी सुरेन्द्र कुमार दाहाल,गाउँपालिकाका उपाध्यक्ष धन प्रसाद साँवा,नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष पदका प्रत्याशी देवेन्द्र खत्री लगायतले आफ्ना कुरा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ