arrow

स्थानीय तहमा कर्मचारी अभावले योजना कार्यान्वयन अन्योलमा

logo
नारायण रिजाल,
प्रकाशित २०७४ भदौ २८ बुधबार
gaupalika.jpg

बागलुङ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधीहले कार्यभार सम्हालिसकेका छन । संघीय संरचना अनुसार सवै तहमा आगामी बर्षका लागि भनेर नीति तथा कार्यक्रम र योजना समेत प्रस्तुत गरिसकेका छन । बागलुङका १० वटा स्थानिय तह अन्र्तगत केही गाउँपालिका नगरपालिकामा प्राविधिक कर्मचारी नहुँदा विकास निर्माणका ठोस योजनाहरु निर्माण गर्न सकिएको छैन । 

निर्वाचन सम्पन्न भएको ४ महिना वितिसक्दा स्थानीय सरकारले गर्ने स्पष्ट कार्यविधि नबन्दा अन्योलता रहेको जनप्रतिनिधिहरु बताउँछन । गाउँपालिकामा सबै किसिमका योजनाहरु गएका तर प्राविधिक नपुगेकाले योजनाहरु संचालनमा कठिनाई परेको छ । तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने ‘हाम्रो गाउँपालिकामा अझै प्राविधिक कर्मचारी पुगेका छैनन,’ अध्यक्ष बुढाले भने, ‘इन्जिनियरहरु गाउँ नगए सम्म बजेट कार्यान्वयनको प्रक्रिया शुरु हुन सक्दैन । अहिले काम पुरै ठप्प छ । नयाँ बनेका गाउँ नगरपालिकामा अहिले केबल सिफारीस दिने काम मात्र हुने गरेको बरेङ गाउँपालिकाका कार्यकारी अधिृकत बैकुण्ठ पौडेलले बताए । 

'गाउँपालिकामा एकजना ईन्जीनियर जानुभएको छ, उनको पनि करार अवधि असोज मसान्तसम्म छ, त्यस पछि के हुनी हो थाहा छैन' पौडेलले भने, 'अहिले हामी कर्मचारीलाई तलब खुवाउने र सिफारिसका काम बाहेक केही पनि गर्न सकिरहेका छैनौं ।' स्वास्थ्य र भेटनरीका प्राविधिकहरु अधिकाशं स्थानमा खटिएको र अन्य विषयगत कार्यालयका कर्मचारीहरु सबै ठाउँमा पुगि नसेका जनप्रतिनिधिको गुनासो रहेको छ । गाउँ÷नगरमा सम्बन्धित विषयका जानकारी कर्मचारी नहुँदा प्रायः योजना तथा काम ठप्प छन् ।

कर्मचारी व्यवस्थापन समितिका सदस्य सचिव एवं स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले सबै तहमा प्राविधिक कर्मचारीहरु पठाएको बताए पनि कार्यस्थलमा पुगिसकेका छैनन् । स्थानीय विकास अधिकारी आचार्यले जिल्लामा कुन कुन कार्यालय रहने नरहने भन्ने टुङ्गो नलाग्दा समस्या भएको बताए । जिल्लामा कुन कार्यालय रहने कुन नरहने भन्ने टुङ्गिएको छैन,’ 

उनले भने, ‘यहाँका कार्यालयलाई कर्मचारी पठाईदेउ भन्दा कर्मचारी यही थोरै छन् भन्ने जवाफ आउँछ ।’ प्राविधिक कर्मचारीहरु सबै गाउँ÷नगरमा पठाईसकिएको उनले बताए । जिल्लामा रहेका सरकारी कार्यालयहरु कतिपयले स्थानीय स्तरबाट प्रवाह गर्ने सेवा दिन सुरु गरेका छन । तर,अधिकांश कार्यालयहरु भने स्थापना भएका छैनन् । जिल्लाको १० स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन भने हुन सकेको छैन । फलस्वरुप आर्थिक बर्षमा गर्नुपर्ने योजनाहरु कार्यान्वयनमा अन्योलमा देखिन्छ । 

स्थानीय तहमा कर्मचारी अभावले एक त जनताको आशा र अपेक्षा सेलाउदैँ गएको पाईन्छ भने अर्कोतिर योजना कार्यान्वयन नहुने हो कि भन्ने अन्योलता बढेको देखिन्छ ।  स्थानीय तहमा कर्मचारीको अभाव हुँदा यहाँका वडाध्यक्षले सचिवको काम गर्न बाध्य छन् । जिल्लाको बाग्लुङ नगरपालिका बाहेक अन्य स्थानीय तहमा आवश्यकता अनुसार वडा सचिव नहुँदा सामान्य सिफारीस लिन पनि स्थानीयले सास्ती व्यहोर्नु परेको छ । एउटै वडा सचिवले विभिन्न वडाको जिम्मेवारी लिँदा यहाँका जननिर्वाचित वडाध्यक्षहरुले सचिवको काम गर्नुपरेको छ ।

पुनःसंरचनाका क्रममा जिल्लालाई १० स्थानीय तह र ८५ वडामा विभाजन गरिएको थियो । ८५ वडामा अहिले ४८ जना सचिवहरु रहेका छन । जिल्लाको बाग्लुङ नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा तोकिए बमोजिम सचिवहरु  छैनन् । यहाँका एउटै सचिवले पाँच वटा वडाको जिम्मेवारी लिएका छन् । जिल्लाको पश्चिममा रहेको ९ वटा वडामा विभाजित ढोरपाटन नगरपालिमा दुई जना मात्र वडा सचिव छन् । 

गाउँमा वडा सचिव नहुँदा काम गर्न निकै अप्ठ्यारो हुने गरेको जनप्रतिनिधिहरुको गुनासो छ । जिल्लाको १० स्थानीय तहमध्ये बाग्लुङ नगरपालिका बाहेक अन्य सबैमा कर्मचारीको अभाव छ । नयाँ गठन भएका नौ वटा स्थानीय तह कार्यकारी अधिकृत, लेखापाल र एक जना नायब सुब्बा भरमा छन् । कतिपय तहमा लेखापाल पनि छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ