arrow

दशैमा 'ग्याजेट्स' किन्नेलाई बिहिबारदेखि भृकुटीमण्डपमा 'क्यान कमटेक'

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
can.png

काठमाडौं । सूचना र प्रबिधिको प्रबर्धन गर्ने उद्देश्यले सूचना प्रबिधि क्षेत्रको  मेला “सुविसु क्यान कमटेक २०१७“ तीव्र तयारी भइरहेको छ । मेला आगामी भाद्र  २९ गते देखि असोज १ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुँदैछ ।  २४ वर्ष देखि नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रवर्धनका लागि सुचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रदर्शनीहरु गर्दै आइरहेको क्यान महासंघले   यस मेलामा यस क्षेत्रका नविनतम बस्तु तथा सेवाहरु अवलोकनकर्ताले अवलोकन गर्न सक्नेछन् ।

सुबिसु क्यान कमटेक २०१७ को औपचारिक उद्घाटन  बिहिबार विहान ११ बजे प्रदर्शनीमार्गस्थित नेपाल टुरिजम बोर्डको हलमा सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले गर्नेछन् । क्यानले  २१ औ सताव्दीमा इलेक्ट्रोनिक्स सेक्युरिटि तथा सेफ्टि सोलुसनको महत्वलाई ध्यानमा राखेर यस  पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै प्याभिलियनको व्यवस्था गरिएको  क्यान महासंघका अध्यक्ष इनजिनियर विनोद थापाले बताए ।  उनले भने - 'प्यभिलिययनमा अबलोकनकर्ताहरुले सिसिटिभि, आक्सेस कन्ट्रोल सिस्टम, सेन्सर एण्ड आलाराम, स्टाफ एटेन्डेन्स, फायर स्मोक डिटेक्टर, फायर फाइटर आदि बारे जानकारि पाउनेछन् ।'
 
यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ । ब्रोडब्याण्ड ईन्टरनेट सेवामा अन्तर्गत विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण बन्ने क्यान महासंघका महासचिव बिश्व राम बलामीले बताए । उनले भने- 'नेपालीहको चाड दशैलाई लक्षित गरेर कमटेक गरेका हौँ । प्रदर्शनीमा अवलोकनकर्ताले  सुलभ र सहुलियत मुल्यमा आफुलाई चाहिने इलेक्ट्रोनिक्स डिभाइस तथा  ग्याजेट्स  किन्न पाउनेछन् । हामीले ग्याजेट्सको लागि  छुट्टै प्याभिलियनको व्यवस्था गरेका छौ । '

साथै यस संसकरणको कमटेकमा बिभिन्न कम्पनीले दशै अफर लिएर आएका छन् ।  क्यान महासंघकी सचिव सुनैना घिमिरे पाण्डेले भनिन् - 'यो बर्ष सुविसुले कमटेकबाटै दशै अफर ल्याउदैछ  । यस पटकको दशैमा सकेसम्म प्रवेश शुल्कमा कम गराउन र किनमेलमै केन्द्रित गराउन खोजेका छौ । त्यसमा पनि सनराइज बैकमा खाता हुनेले अझ लाभ लिन सक्नुहुनेछ ।'

नयाँ नेपाल अर्थात ई–नेपाल निर्माणका लागि सूचना तथा सञ्चार प्रविधिमा आमजनताको पहुँच पुग्न जरुरी रहेको समयमा  क्यान कमटेकले त्यसतर्फ सहयोगी बन्न सक्ने र  स्मार्ट सिटिलाई चाहिने पुर्वधारका कुराहरु कमटेकमा पाउन सकिने सचिव पाण्डेले बताइन् ।   
कमटेकमा अवलोकन शुल्क वापत साधारणहरुलाई प्रवेश शुल्क पचाँस र विद्यार्थीहरुलाई पचिस रुपैया तोकिएको छ । साथै नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन आकर्षणका रुपमा रहने छ ।  कमटेकमा सरकारी तथा निजि  विद्यालयहरुबाट लिखित अनुरोध आए  विद्यार्थीहरुलाई   टिकट दरमा विशेष छुट प्रदान गरेको छ । क्यानले यस पटकको प्रदशनीमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरेको छ ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ