arrow

कक्षा ११ को नजिता आज प्रकाशित हुदै

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
HSEB.jpg.jpeg
काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को परिक्षाफल आज प्रकाशित गर्न लागेको छ । परिक्षाफल मंगलवार प्रकाशित गर्ने भनिएको भएपनि प्राविधिक समस्याका कारण केहीदिन ढिला गरी आज नतिजा प्रकाशित गर्न लागिएको परिषद्ले जनाएको छ । 
 
परिषद्का सदस्य सचिव नारायण कोईरालाले परिक्षाफल प्रकाशित गर्न नयाँ सफ्वेरको प्रयोग गरिएकाले अपेक्षीत भन्दा बढी समय लागेको जानकारीदिनुभयो । उहाँले नयाँ सफ्वेरबाट नतिजा प्रकाशन, उपयोग र भण्डारणमा समेत धेरै राम्रा पक्षहरु रहेको बताउनुभयो । 
 
उहाँले प्राविधिक कारणले आफैले अपेक्षा गरेको भन्दा केहीदिन ढिला परिक्षाफल प्रकाशित हुन लागेपनि अघिल्ला बर्षको तुलनामा भने धेरै चाडो प्रकाशित हुन लागेको जानकारी दिनुभयो । 
 
कक्षा ११को परिक्षा गत जेठ २० गते देखि भएको थियो भने झण्डै ५ लाख परिक्षार्थी सहभागी भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ