arrow

रौतामाई गापाको बजेट तीस करोड रुपैयाँ 

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
udayapur.png

गाईघाट । उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक वर्ष २०७४–०७५ को आर्थिक तथा अन्य विकास सञ्चालनका लागि करिब रु ३० करोड बराबरको बजेट सार्वजनिक भएको छ । 

आइतबार बसेको गाउँपालिकाको पहिलो अधिवेशनले आव २०७४÷०७५ का लागि गाउँपालिकाको विकासका विभिन्न शीर्षकको लागि रु २९ करोड ९९ लाख ५५ हजार ७५६ बराबरको सो बजेट विनियोजन गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले सार्वजनिक गरेका हुन् ।  

नयाँ बजेटले स्थानीय रौतामाई पोखरीको संरक्षण, पर्यटन प्रवद्र्धन, ग्रामीण सडक निर्माण, विद्युत् विस्तार, कृषिसहितका शीर्षकमा बजेट विनियोजन गरेको कुरा सो गाउँपालिकाकी उपाध्यक्ष कुमारीज्यू ठकुरीले जानकारी दिइन् । 

सो कार्यक्रममा उदयपुरका सांसद तथा पूर्व सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी र जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारको समेत उपस्थिति रहेको सो गाउँपालिकाले बताएको छ । 

उदयपुरका स्थानीय तहहरु चार गाउँपालिका र चार नगरपालिकामध्ये त्रियुगा नगरपालिका, कटारी नगरपालिका र रौतामाई गाउँपालिकाको भने अधिवेशन, भेला तथा परिषद् कार्यक्रम सम्पन्न भइसकेको छ भने नगरपालिकामा चौदण्डी नगरपालिका, उदयपुरगढी, सुनकोशी र ताप्ली गाउँपालिकाको भने परिषद् हुन बाँकी रहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ