- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मलेसिया । नेपाल मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको समुहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हरायो ।
विजयका लागि ६८ रनको सामान्य चुनौति पछ्याएको नेपालले १३.४ ओभरमै ३ विकेटको नोक्सानीमा पुरा गर्यो ।
सन्दिप सुनारले २० तथा अनिल कुमार साहले १८ रन जोडे । साझेदारी नभए पनि नेपालले सहजै खेल जितेको हो ।
यसअघि पवन सर्राफले आक्रामक बलिङ गरेपछि क्लव अमानको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा अलआउट हुँदै ६७ रन बनायो । सर्राफले ८ ओभरमा १२ रन खर्चेर ६ विकेट लिए ।
किशोर महतोले २ तथा कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १–१ विकेट चड्काए ।
यो जितसंगै नेपाल समुह विजेता तथा हारले सिंगापुर उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपाल अपराजित रहने क्रममा पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले तथा दोस्रो खेलमा भुटानलाई ९ विकेटले तथा हराएको थियो ।
समुह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन् ।
नेपालले सेमिफाइनलमा मलेसिया र हङकङबीचको पराजित टिमसंग खेल्नेछ ।
फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छ ।