सुनसरी र सर्लाहीका बाढी पिडीतहरुलाई कर्मफ्लाइट्सद्धारा राहत वितरण
कौरव खत्री,
प्रकाशित २०७४ भदौ २९ बिहिबार
802
Shares
गुल्मी। प्याराग्लाइडिङ समुदायको सामाजिक शैक्षिक संस्था कर्मफ्लाइट्स फाउन्डेशन पोखराको प्रयासमा हालै तराइमा आएको बाढीबाट प्रभावित सुनसरी र सर्लाहीका पिडितहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको छ ।
सुनसरीको मध्यपश्चिम कुशाहा श्रोतकेन्द्र अन्र्तगतका ९ वटा विद्यालयहरुलाई किडनी डाइलोसिस प्रविधिबाट पानी शुद्धिकरण गर्ने २ लाख,५० हजार रकम बराबरको ५० वटा बाटर फिल्टर तथा शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरिएको कर्मफ्लाइट्सका संस्थाका निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिए ।
यस्तै पोखरामा रहेको संस्थाले प्रत्यक्ष रुपमा स्थलगत अध्ययन गरि बाढीबाट अति प्रभावित कोशी व्यारेज पूर्व कोशी गाँउपालिका स्थित राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरका ५सय,९४ जना विद्यार्थीहरुलाई १ लाख, २७ हजार, ४ सय, ६७ रुपैया बराबर मूल्यको कपि,पेन लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
यस्तै पश्चिम कोशी सर्लाही जिल्लाको हनुमान नगर कंकाल्नी नपा ४ का ७० घरधुरीका अति पिडीत मुसहर परिवारका ४ सय जना परिवारका लागि स्थानीय शिक्षक र समाजेवी सोगिन्दार रामको पहल तथा स्थानीय भारदह प्रहरी चौकीका सुरक्षाकर्मीको रोहवरमा १ लाख,३ हजार,४सय,८० रुपैया बराबरको प्रतिघरपरिवारलाई एक–एक बोरा चामल र दुई–दुई किलो दाल वितरण गरिएको छ ।
यता राहत पाएपछि भने खुशी हुदै राहतले आफूहरुको प्राण धानिएको राहत संयोजक सोगिन्दर रामले जानकारी दिए । कर्मफ्लाइटसले आफ्नै प्रयास, व्याक प्याकिङ फर बेटी र नेपाल माउन्टेन एडको सहकार्यमा यो कार्य गरेको संस्थाका निर्देशक कुँवरले जानकारी दिए ।
साथै संस्थाले भूकम्प पश्चात कास्की र गोरखाका विद्यालय पुन निर्माण, पुस्तकालय स्थापना,छात्रवृत्ति तथा कम्युप्टर ल्याव निर्माण लगायत एवं विद्यालय र बालबालिकाको क्षेत्रमा समेत काम गर्दै आइरहेको संस्थाका निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिए ।