arrow

स्याङ्जामा मह उत्पादनमा बृद्धि

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
honey-farm.jpg

स्याङ्जा। आर्थिक वर्ष २०७३-०७४ मा स्याङ्जामा २७ मेट्रिक टन मह उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका अनुसार हरेक वर्ष मौरीका घार (गोला सहित)  वितरण तथा मौरीपालन सम्बन्धी तालिमहरु दिएपछि मौरीपालनतर्फ किसानहरु आकर्षित हु“दा उत्पादनमा बृद्धि हुदै गएको छ।
 
जिल्लामा उत्पादन भएको कूल २७ मेट्रिक टन मह मध्ये २२ मेट्रिक टन आधुनिक घारबाट र ५ मेट्रिक टन मुढे घारबाट उत्पादन हुने गरेको कार्यालयले जनाएको छ। युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालनका लागि १ लाख ८० हजार रकम अनुदान दिएस“गै जिल्लामा मौरीपालन कृषकहरुको संख्यामा बृद्धि भएको हो।
 
“कार्यालयबाट गत आर्थिक वर्षमा मात्रै ३ सय मौरीका आधुनिक घार र ५० वटा मौरी सहितको घार वितरण गरेका थियौं” कार्यालयका सूचना अधिकारी तिलक डिसीले भने, “अहिले जिल्लाका विभिन्न स्थानमा आधुनिक घार ४ हजार ५ सय र मुढे घार १ हजार गरी कूल ५ हजार ५ सय घारबाट मह उत्पादन हु“दै आएको छ।”
 
आधुनिक र पुरानो मुढे घारबाट उत्पादित महमध्ये ७ टन घरायसी रुपमै खपत हुने गरेको र २० मेट्रिक टन स्थानीय बजार र छिमेकका पोखरा, बुटवलमा बिक्री गर्दा झण्डै २ करोड आम्दानी हुने गरेको सूचना अधिकारी डिसीले बताए।
 
जिल्लाका कृषकले सेरेना जातको मौरीपालनलाई ब्यवसायिकरुपमा अगाडि बढाएका छन्। स्याङ्जाका पुतलीबजार, वालिङ, भीरकोट नगरपालिका तथा अर्जुनचौपारी, आ“धीखोला, फेदिखोला गाउ“पालिकाका केही क्षेत्रलाई मह उत्पादनको पकेट क्षेत्रको रुपमा लिइएको छ।

स्थानीय स्तरमा उत्पादीत मह बिक्री गर्न बजारमा कुनै समस्या नरहेको मह व्यापारी नुरजंग शाहले बताए। शाहका अनुसार अर्गानिक महको बजार खोसाखोस जस्तै छ । महको महत्व र यसले पार्ने सकारात्मक प्रभाब बुझे मह बहुउपयोगी बस्तु भएको शाहको जिकिर छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ