७० वटा स्थानीय तहमा मतगणना सुरु, अन्यमा सुरु गर्ने तयारी
प्रकाशित २०७४ असोज ३ मंगलबार
171
Shares
काठमाडौं । प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातीबाटै ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ ।
बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ। सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।