arrow

लक्ष्मी पतारी गाउँपालिकामा फोरमले मतान्तर बढायो, एमाले दोस्रो 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
sanghiya-samajbadi-forum-nepal.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरमले मतान्तर बढाएको छ । सोमबार भएको निर्वाचनमा मध्यरातदेखि सुरु भएको मतगणनामा म‌ंगलबार विहानसम्म आइपुग्दा फोरमले मतान्तर बढाएको हो । 

दिउँसो साढे १२ को पछिल्लो तथ्यांक अनुसार कूल ८ सय मत गनेर सकिएको छ । जसमा सबैभन्दा धेरै ल्याउने फोरमले प्रमुखमा २ सय ९८ र उपप्रमुखमा पनि फोरमले नै २ सय ७८ मत ल्याएको निर्वाचन अधिकारी डिल्लीराम अधिकारीले जानकारी दिए ।  

त्यस्तै, दोस्रो स्थानमा रहको नेकपा एमालेले एक सय ९७ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादीले १ सय ३३ र काँग्रेसको १ सय २८ मत आएको छ । उपप्रमुख तर्फ फोरम नेपालको २ सय ७८, एमालेको एक सय ९४, माओवादी १ सय ४० र काँग्रेसको १ सय ६० मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ