- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपा नेपाल विजयी भएको छ । जुन नगरपालिका नेपाली काँग्रेसले आफ्नो जीत निश्चित भईसकेको भनिएको नगरपालिका हो । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लागि टिकट वितरणको काम सुरु हुने बेलामा नै हंशपुरमा मेयरको लागि टिकट पाउनेमान्छे मेयर बन्ने निश्चित भयो भनेर स्थानीय स्तरमा चर्चा हुने गरेका थियो ।
तर, अन्तमा मतपरिणाम आउँदा नेपाली काँग्रेस ९१ मतले पराजीत भयो । नगरपालिकाको प्रमुखमा राजपाका रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएको निर्वाचन अधिकारी जीवनाथ पोखरेलले जानकारी दिए । मण्डलले ३ हजार ३ सय २० मत पाए भने निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रदीप यादवले ३ हजार २ सय २९ मत प्राप्त गरे ।
स्थानीय काँग्रेसका कार्यकर्ताहरुसँग काँग्रेसले किन हा¥यो भनेर हामीले केही कार्यकर्ताहरुसँग बुझ्दा मात्रै थाहा भयो काँग्रेसले आफ्नै कारणले यसरी हारेको रहेछ भन्ने । टिकट दिनेबेलदामा अहिलेका उम्मेदवार यादव र अर्का सम्भावित उम्मेदवारको रुपमा रहेका रामकृष्ण मण्डल मध्ये कसलाई टिकेट दिने भन्ने विषयमा कुराकानी भईरहेको थियो ।
पछि मण्डलले पाएनन् र यादवलाई टिकट दिईयो । पछि असन्तुष्ट रहेका मण्डलले राजपाबाट उठेका आफ्नै दाजुभाइ पर्ने अर्का मण्डललाई भोट दिए । उक्त नगरपालिकामा मण्डलको पकडमा ११ सयको हाराहारीमा मत रहेको अनुमान उनीहरुको छ । उनैले अर्का उम्मेदवारलाई मत दिएका कारण राजपाले बाजी मारेको उनीहरुको तर्क छ ।