arrow

दशैं आयो, हाम्रोपात्रोसँग गरौ यसरी रमाइलो

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
hamro_cards.png

काठमाडौं । नेपालीहरुको महानपर्व विजयादशमी तथा दीपावलीको अवसरमा हाम्रोपात्रोले आफ्ना प्रयोगकर्ताहरुको लागि मनोेरञ्जनका दुई खेलहरु सार्वजनिक गरेको छ । दशैंमा हाम्रोपात्रोसँगै रमाईलो गर्न चाहने प्रयोगकर्ताहरुको लागि दुर्इ खेलहरू कल ब्रेक र जुटपत्तिको नयाँ एप्लिकेशसन सार्वजनिक गरेको हो । हाम्रोपात्रोका यी दुई एप्लिकेशन गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।  

अहिले एप्लिकेसनमा पाईने विशेषता भन्दा भिन्दै विशेषता सहित ल्याईएको यो एप्लिकेसन आएसँगै अब  कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता रहने छैन, अनलाईन अथवा अफलार्इन जुनसुकै अवस्थामा पनि आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसँगसँगै एउटै नेटवर्कमा मल्टिप्लेयरमा बसी असिमित रुपमा यो खेलको मज्जा लिन सकिने हाम्रोपात्रोले जनाएको छ। साथै जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिने छ ।

आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा रहेको सो एप्लिकेशनमा एउटा बेग्लै फरकपनको महसुस गर्न सकिनेछ हाम्रो पात्रोको दाबी छ। तास खेल साथीभाइ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिँदै आइएको खेल हो । हाम्रो पात्रोले यसलार्इ अझ सुविधा र मनोरञ्जन थप्दै नयाँ एप्लिकेसन ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ