arrow

फुटसल फण्डा : ‘जुवा घर जस्तै बनेपछि बन्द’

राष्ट्र ठगिने खेल-खण्ड

logo
प्रकाशित २०७२ पुष ३० बिहिबार
footsall.jpg.jpeg
चन्द्र धामी, काठमाडौं । सीडीओ र एसएसपीको पहलमा काठमाडौंका फुटसल बन्द हुँदैछन् भन्ने सुइको पाउनासाथ सुरुमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीलाई फोन डायल गरियो । प्रजिअ सुवेदीले फुटसल सेन्टरहरुमा विद्यार्थीहरु स्कुलकै ड्रेसमा बिहान देखि साँझ सम्म देखिन थाले, लागुपदार्थ सेवन लगायत अपराधिक क्रियाकलाप बढ्दै गएको रिपोर्ट प्रहरीले म कहाँ गरेपछी तत्कालका लागि बन्द गराउने पहल गरियो–भने । ‘गेम्सको नाउँमा गेम्लिङ हुन थाल्यो’ । स्थानीयबाटै ‘सामाजिक खलल गर्ने खालका गतिविधि भए’ भन्ने उजुरीहरु आएको अनुगमनमा खटिएको प्रहरीले आफुलाई जानकारी गराएको प्रजिअ सुवेदीले बताए । 
 
प्रहरीले अनुगमन गरेकाबारे जानकारी लिन महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं एसपी विश्व पोखरेललाई टेलिफोन गर्दा पोखरेलले फुटसल सेन्टरमा हुने गतिविधिको रहस्योद्घाटन गरिदिए । पोखरेलले भने,‘बन्द गर्दै छौ, मापदण्ड नबने सम्म गतिविधिमा रोक लगाइन्छ ।’ जुवा घर जस्तै भयो । कतिपय ठाउँमा बियरका बोतल जता ततै भेटिए । लागुपदार्थ सेवन गरेर हो–होल्ला गर्ने गरेको गुनासो आए । पोखरेलले सुनाउँदै गए,– शुल्क मनोमानी मात्र होइन, झैझगडा गर्ने थलो समेत बन्यो । पोखरेलले भने,‘क्राइम हुन थाले, सामाजिक सुरक्षामै चुनौती आयो ।’ ती फुटसल करको दायरमा पनि छैनन् । जसले राष्ट्र ठगिने व्यक्ति धनि हुने प्रवृत्ति बढ्दै गयो । मनोरन्जनको सट्टा कमाउने धन्दा बन्न थाल्यो । फुटसलको सट्टा अन्य गतिविधि हुन थाले । मापदण्ड विनै संख्या बढ्यो । त्यसैले हामीले राज्यको कानुनी दायरामा ल्याउन बन्द गर्न लागेका हौं–पोखरेलले भने । सधैंका लागि बन्द हुने भन्ने होइन । लिखित मापदण्ड बनेपछि प्रक्रियागत ढंगले संचालन गर्ने हाम्रो ध्यय हो । 
 
हाम्राकुरामा फुटसल बन्दको खबर आउनासाथ सामाजिक संजालमा सनसनी मच्चियो । विभिन्न टिका टिप्पणीहरु आए । लगत्तै एक जना फुटसल संचालकलाई सम्पर्क गर्दा उनले कुरै गर्न मानेनन् । उठाएकै फोनमा समेत सम्बन्धित व्यक्तिले तपाईले खोजेको मान्छे होइन भने । यद्यपि, उनले नम्बर पुनःभन्न लगाए । पछि होइन होइन भने । अन्ततः पहिले देखि अनुगमन गरिरहेको प्रहरीले फुटसल बन्द गरेरै छाड्यो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ