- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौ । मृगौला पीडितलाई उपचारार्थ करिब २५ लाख सहयोग रकम संकलन गरिएको छ । मेचीनगर नगरपालिका बडा नम्बर ६ का कांग्रेस सभापति जगत वहादुर तामाङको उपचारार्थ उक्त रकम संकलन गरिएको हो ।
शिक्षक पेशामा आवद्ध रहेका तामाङ मृगौला फेल भएपछि उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष पंकज नेम्बाङको संयोजकत्वमा एक समिति गठन गरेको थियो । जसले २४ लाख ६८ हजार रुपैया संकलन गरेको छ । पीडित तामाङको शनिबार मृगौला प्रत्यारोपणका लागि सिएमसि अस्पताल भेलोर तामिलनाडु जाँदै छन् । उनलाई बहिनी खिरा तामाङले मृगौला प्रत्यारोपण गर्ने भएकी छिन् ।
जगत वहादुर तामाङलाई सहयोग गर्न चाहनेले ग्लोबल आइएमई बैकको खाता नम्बर २३०७०१००००२५२९ पंकज विक्रम नेम्बाङ जगतबहादुर तामाङ रहेको छ ।