arrow

हाम्रोपात्रोको 'हाम्रो नेपाली किबोर्ड' अव आईफोन प्रयोगकर्ताले पनि डाउनलोड गर्न सक्ने

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
Hamro_Nepali_Keyboard.jpg

काठमाडौं। हाम्रोपत्रोले आफ्ना ग्रहकहरुको लागि विशेष ध्यान दिँदै प्रयोकर्ताका लागि हाम्रोपात्रो नेपाली किबोर्ड एप सार्वजनिक गरेको छ। हिन्दूहरुको महान् पर्व विजयादशमीको पर्वीय उल्लासको यो पावन घडिमा 'हाम्रोपात्रो' परिवारले आईफोन प्रयोगकर्ताहरुका लागि यस्तो सुविधा ल्याएको हो। आईफोनको एपस्टोरमा गएर आँग्रेजीमा हाम्रो नेपाली किबोर्ड टाईप गरी यो डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ। 

कुनै पनि एप्लिकेशनमा सन्देश टाइप गर्न अत्यन्त सहज तथा सरल यूजर इन्टरफेस रहेको यस एप्लिकेसनमा मनपर्ने भिन्नाभिन्नै तरीकामध्ये कुनै पनि विधिको प्रयोग गरी आईफोनमा नेपाली भाषामा लेख्न सक्ने हाम्रो पात्रोले जनाएको छ। आईएसओको डिफल्ट किबोर्डसंग मेलखाने यसको यूजर इन्टरफेसले यसको रङ्ग, डिजाइन लगायतका सामान्य कुराहरूले पनि आईएसओको वास्तविक किबोर्डसंग जोडिरहने सुविधा यसमा छ।

रोमनबाट नेपाली टाइप गर्न वा सिधै चलनचल्तिको नेपाली किबोर्ड प्रयोग गर्न यसले एउटा नेपाली भाषासंगको कम्प्यूटरको किबोर्ड अथवा एन्ड्रोईड मा धेरै अघि हाम्रोपात्रोले सार्वजनिक गरिसकेको किबोर्ड चलाउनुको उही मज्जा जारी राख्नेछ। यस एप्लिकेसनको अर्को रमाइलो पाटो भनेको कुनै प्रारम्भिक अक्षर टाइप गर्दा त्यो अक्षरबाट प्रारम्भ हुने अन्य धेरै शब्दहरू सुझावका रूपमा देखार्इदिन्छ। जस्तै 'स' लेख्दा किबोर्डले सुझावका रूपमा 'सक्छ', 'सिकाउनु','सदा', 'सङ्क्रान्ति', 'साँइलो', 'सास', 'सिँगारी' जस्ता धेरै शब्दहरू देखाइदिन्छ जसमध्ये आफूलार्इ उपयूक्त लागेको शब्दलार्इ थिचेर तपाइको सन्देशमा प्रयोग गरी टाइपिङ जारी राख्न सकिने हाम्रो पात्रोले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ